पिताको स्मृतिमा वृद्धाश्रम र अनाथालयलाई सहयोग

  सरलपाटी सम्वाददाता

 1415 पटक हेरिएको


स्वर्गीय पिताको स्मृतिमा कोरियामा कार्यरत शंकर विस्वासी लिम्बूले मंगलबार इलाम माइखोलामा रहेको माइभवगती वृद्धाश्रम र राहसल बाल अनाथालयलाई सहयोग गरेका छन् ।
माइजोगमाई–५ लोक्साम निवासी लिम्बूले आफ्ना स्वर्गीय पिता डम्बरबहादुर लिम्बूको सुध्याई कार्यको दिन वृद्धाश्रमलाई नगद १० हजार ५२ रुपैंयाँ र अनाथालयलाई एक दिनको भोजन वापत ६ हजार रुपैँया दिएका हुन् ।
वृद्धाश्रमलाई हस्तान्तरण गर्नका लागि आमा शुभलक्ष्मीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूलाई सो रकम हस्तान्तरण गरेकी छिन् ।
सुध्याईको दिन पारेर स्वर्गीय डम्बर लिम्बूको श्रद्धाञ्जली सभा पनि आयोजना गरिको थियो । कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि,स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी र आफन्तजनको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय पूर्ण आधारभूत विद्यालयमा पनि पिताको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार