१५ औं पञ्चबर्षीय योजना देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने प्रम ओलीकाे भनाई

  सरलपाटी संवाददाता

 716 पटक हेरिएको

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र विकासको देश हुन सक्ने बताएका छन् ।
राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालिन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं ” प्रधानमन्त्री ओलीले भने “किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिहरनु पर्दैन । अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।”
प्रधानमन्त्री ओलीले १५ औं पञ्चबर्षीय योजना (२०७६÷०७७ –२०८० ÷०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए । “अघिल्ला योजनाका समिक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यबहारिक योजना बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने,ो “देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।”
स्वदेशमा रहेका फलाम खानीको उत्खनन्, विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल, डिजेल जस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ । “विद्युत, सौर्य र अन्य वैकल्पिकउर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठुलो भरथेग हुन्छ ” प्रधानमन्त्री ओलीले भने “जेट्रोफाबाट पनि इन्धनको आपूर्ती गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातीको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ । ”
प्रधानमन्त्रीओलीले राष्ट्रको सार्वभौमसत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता र शान्ती र सुरक्षामा कोह कसैसँग सम्झौता नुहने बताए । देश विकासका योजनाहरु पनि यि उल्लेखित पाँच कुरालाई सम्बोध गर्ने र मजुवत पार्ने किसिमका हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार