स्टेशनरी महासंघ इलाममा धमला

  सरलपाटी संवाददाता

 984 पटक हेरिएको

इलाम।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा इलामको पाचौं अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले टंकप्रसाद धमलाको अध्यक्षतामा नौं सदस्य जिल्ला कार्य समिति गठन गरेको छ । महासंघका केन्द्रीय उपाध्यक्ष मात्रिका शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नव गठित समितिको उपाध्यक्षमा विमल कार्की, सचिवमा अर्जुन पोख्रेल, सह– सचिवमा वुद्धमाया बस्नेत र कोषाध्यक्षमा रुपनारायण पाठक चयन गरेको छ ।
यस्तै समितिको सदस्यहरूमा लक्ष्मीप्रसाद शर्मा, होम दुलाल, अनिरूद्र मैनाली र चन्द्रकला कट्टेल रहेका छन् । कार्यक्रममा रूपनारायण पाठक, गोपाल सापकोटा, होम दुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार