माईजोगमाई
माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा अवस्थित बालागुरु खेल मैदानमा आज बाट माईजोगमाई अध्यक्ष कप सुरु भएको छ । माईजोगमाई फूटबल क्लवका अध्यक्ष प्रवीन राईको अध्यक्षता , माइजोगमाई गाउँपालिकामा अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यमा खेल सम्पन्न भएको हो । गाउँपालिकाको ६ वटा वडाका १८ टीमको सहभागीता रहेको सो प्रतियोगिता खेल आज देखि २५ गते सम्म सञ्चालन हुने माइजोगमाई खेलकुद विकास समितिका अध्यक्ष प्रविण राईले जानकारी दिए।
माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा अवस्थित बालागुरु खेल मैदानमा आज बाट माईजोगमाई अध्यक्ष कप सुरु भएको छ । माईजोगमाई फूटबल क्लवका अध्यक्ष प्रवीन राईको अध्यक्षता , माइजोगमाई गाउँपालिकामा अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यमा खेल सम्पन्न भएको हो । गाउँपालिकाको ६ वटा वडाका १८ टीमको सहभागीता रहेको सो प्रतियोगिता खेल आज देखि २५ गते सम्म सञ्चालन हुने माइजोगमाई खेलकुद विकास समितिका अध्यक्ष प्रविण राईले जानकारी दिए। गाउँपालिका भित्रका खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै माइजोगमाई गाउँपालिका क्षेत्रमा फुटबल खेलको विकास गर्ने उद्देश्यले अध्यक्ष कप आयोजना गर्न लागिएको र खेल नकआउट विधिमा सञ्चालन हुने राइले बताए। माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माइजोगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको आजको पहिलो खेल एफ एफ सी जोगमाई र एल वै सी लप्सीबोटे बिच भएको खेलमा एफ एफ सी जोगमाई का जर्सी नम्बर ७ का बिसाल राईले ३ गोल , जर्सी नम्बर ११का बिजय राईले २ गोल र जर्सी नम्बर १० का सुरेन थामीले १ गोल गरी जम्मा ६ गोल गर्दै फ्रेन्णसीप फूटबल क्लव बिजयी बनेको छ भने आजको खेलको म्यान अफ द म्याच लप्सीबोटे युवा क्लवका जर्सी नम्बर २० का गौतम निरौला घोसीत भएका छन् ।
सो प्रतियोगिताको विजेताले नगद १ लाख र २० तोला चादी जडित माईजोगमाई रनिङशिल्ड र उपविजेताले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। साथै उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक , अनुशासित टीम म्यान अफ दि म्याच लगायतका विधागत पुरस्कार समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।
सो प्रतियोगिताको विजेताले नगद १ लाख र २० तोला चादी जडित माईजोगमाई रनिङशिल्ड र उपविजेताले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। साथै उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक , अनुशासित टीम म्यान अफ दि म्याच लगायतका विधागत पुरस्कार समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। साथै खेलमा उपस्थित भई खेलको सोभा बढाईदिनु भएकोमा आयोजक समितिले सबैलाई धन्याबाद समेत ब्यक्त गरेको छ । सो प्रतियोगिताको फाइनल खेल आगामी २५ मंसिरमा समपन्न हुनेछ। साथै खेलसगै मिनि मेला बृहत् सास्कृतिक कार्यक्रम तथा थुम्के महोत्सव लगायतको कार्यक्रम समेत रहेको हुदा सबैलाई उक्त कार्यक्रमा सहभागी भईदिनुहुन आयोजक समितिले अनुरोध समेत गरेको छ ।


726 पटक हेरिएको 






