इलाम/पूर्वका चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङ्गका पर्यटकीय स्थलहरूको प्रवृद्धन गर्ने उद्देश्यले आगामी पुस ५ देखि पुस १६ गते सम्म इलाममा मेचीक्षेत्र महोत्सव आयोजना हुने भएको छ ।
पर्यटन सरोकार समिति स्थानीय आयोजक रहेको महोत्सवमा नेपालका अन्य जिल्लाका पर्यटकसहित भारतको सिक्किम, बंगाल र विहारका पर्यटकहरू भित्र्याइने लक्ष्य रहेको पर्यटन सरोकार समितिका अध्यक्ष विजय राईले बताए । समितिले आइतबार पत्रकार सम्मेलन गरेर महोत्सवभरि गरिने कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ ।
आउँदो ‘क्रिसमस डे’ र अंग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर बनाएर पूर्वी पहाडमा पर्यटक भित्र्याउन र यहाँका पर्यटकीय गन्तव्र्यका बारेमा जानकारी गराउने हाम्रो लक्ष्य हो, राईले भने– स्थानीय कृषि उत्पादन, हस्तकलाका सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन प्रर्वद्धनलाई पनि यो महोत्सवले विशेष सहयोग गर्नेछ ।
महोत्सवमा टाढाबाट आउने पर्यटकलाई पर्यटकीय गन्तव्र्य सम्म पु¥याउने भन्दा बाहेक मेचीक्षेत्रका चारवटै जिल्लामा उत्पादन भएका वस्तुहरूको प्रचारकालागि स्टल तथा मेलाको पनि आयोजना गरिएको समितिले जनाएको छ । चिया, ढाका, हस्तकलाका सामग्री, दुधका परिकार, किवी, तथा अन्य कृषि उपजहरूको समेत स्टल राखिने जनाइएको छ ।