इलाम । पूर्व प्रधानमन्त्री ,नेकपाका नेता तथा इलामबाट प्रतिनिधिसभामा निर्वाचित झलनाथ खनालले गत विहीबार इलाममा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेहरु प्रति शोक ब्यक्त गरेका छन् ।
खनालले शनिबार शोक वक्तब्य जारी गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । मृतकको परिवारलाई उचित राहतको व्यवस्था गर्न खनाले माग गरेका छन् । घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री खनालले उनीहरुको उचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
गत विहीबार इलामबाट शान्तिडाडाँ जादै गरेको मे १ ज.८१८ नम्बरको जीप इलाम नगरपालिका १ बन्चरे गोलाई नजिकै दुर्घटना ह‘ुदा जीपमा सबार इलाम नगरपालिका १ बस्ने सुमन खनाल र कैलाश गुरmङ को मृत्यु भएको थियो । दुर्घटनामा परेर देउमाई नगरपालिका वाड न ६ बस्ने रमेश गुरmङ, सुनिल गुरmङ र तुलसी कुमार बस्नेत घाइते भएका छन् ।


899 पटक हेरिएको 






