सरकारले सवारी साधनमा २० वर्षे उमेरहद लगाएपछि पहाडि क्षेत्रको जनजीवन प्रभावित बनेको छ । पहाडमा सेवा दिदै आएको ल्याण्डरोभर अहिले प्राय ठप्प छन् । ल्याण्डरोभरको विकल्प नभएको विकट क्षेत्रका नागरिक सवारी सेवाबाट विमुख भएका छन् ।
साविकको मेची र कोशिको पहाडी क्षेत्रका ल्याण्डरोभरले सेवा दिदै आएका थिए । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ लगायतका जिल्लामा दुईसय ५० भन्दा बढि ल्याण्डरोभर गाडी छन् । त्यसस्ता सवै ल्याण्डरोभर २० वर्षभन्दा पुराना हुन् । ल्याण्डरोभर गाडीलाई समेत गुड्न प्रतिवन्ध लगाएपछि समस्या भएको हो । ‘अरु गाडी नपुग्ने ठाउँमा पनि ल्याण्डरोभर पुग्थ्यो, त्यो पनि बन्द भएपछि अहिले समस्या भएको छ’–भोजपुरका सुरेश मोक्तानले भने–‘ल्याण्डरोभर नभएपछि ट्याक्टरमा बिरामी बोक्नुपर्ने बाध्यता छ ।’
धनकुटामा मात्रै ४४ वटा ल्याण्डरोभरले सेवा पु¥याउँदै आएको थियो । धनकुटाको हिलेबाट सनबालुवा, अधेरी घाँट, संखुवासभाको चेवाबेसी, चानवा र सगरमाथा यात्राको अन्तिम विन्दसम्म ल्याण्डरोभरले सेवा दिदै आएको थियो । ति सडक खण्डमा अहिले आक्कल झुक्कल बाहेक सवारी पुग्दैनन् । नियमीत रुपमा सवारीका साधन नजाने भएपछि पहाडी क्षेत्रमा उत्पादित तरकारी, दुग्धजन्य बस्तु बजारसम्म पुग्न पाएका छैनन् । आफ्नो उत्पादनले बजार नपाएपछि किसानले उत्पादन बन्द गरेका छन् । सवारी साधनमाथि लागेको प्रतिवन्धले ब्यवसायीक बाटोमा लम्किदै गरेका किसानलाई पुन निर्भहमुखी खेतीमा सीमित गरेको छ ।
तेह्रथुमको कतिपय गाउँको समस्या पनि धनकुटाको विकट क्षेत्रको भन्दा फरक छैन । तेह्रथुममा ११ वटा ल्याण्डरोभर थिए । तेह्रथुक आठराई, तेह्रथुम सम्दु, छातेढुङ्गा, चुहानडाडा, सिर्जुङ, लगायतका क्षेत्रमा ल्याण्डरोभरले सेवा दिदै आएका थिए । गएको चैत यता ति क्षेत्रमा ल्याण्डरोभर चलेका छैनन् । सवारीको अभावमा पाएको सुविधा थाप्नकै कष्ट भोग्नु परिरहेको स्थानीय सुनाउँछन् । ‘गाडी नहुँदा पेन्सन थाप्नका लागि पाका डोकोमा बोकेर ओहोर दोहोर गराउनुपर्छ’–स्थानीय दिनेश भट्टराईले भने–‘सुत्केरीलाई ट्याक्टरको भरपर्नुपर्छ ।’
भोजुरमा समेत ल्याण्डरोभको अभाव उस्तैगरी खड्किएको छ । भोजपुरको सदरमुकाम नजिकको ठाउँहरुमा समेत पुग्नका ल्याण्डरोभरको भरथेग थियो । त्यहाँ पनि समस्या उस्तै भएको छ ।
विकट पहाडी जिल्लामा मात्रै होइन इलाममा पनि ल्याण्डरोभर नगुड्दाको समस्या अन्यत्र भन्दा फरक छैन । इलामको महत्वपूर्ण पर्यटकीय गन्तब्य सन्दकपुर पुग्नका लागि ल्याण्डरोभरको विकल्प छैन । छिटफुट बाहेक अन्य प्रकृतिका सवारी सन्दकपुर पुग्दैनन् । तर, ल्याण्डरोभर नपाउँदा भारतीयले त्यसको फाइदा उठाउँदैछन् । नेपालमा प्रतिवन्ध हुँदा भारतमा एशोसिएशन बनाएर त्यसको संरक्षण गरिएको छ । मानेभञ्ज्याङदेखि सन्दकपुर र माथिल्लो क्षेत्रजान अन्य सवारी पाइदैन । नेपालमा प्रतिवन्ध लागेपछि पर्यटकहरु भारतीय ल्याण्डरोभरको भर पर्नु परेको छ ।
इलाममा ६० हाहारहारीमा त्यस्ता ल्याण्डरोभर छन् । प्राय ल्याण्डरोभर थन्किएर मजदुरहरु बेरोजगारी भएको पूर्वेजी जीप तथा ट्याक्सी प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताए । उनले गाडीलाई उमेरको हदबन्दी लगाउन वैज्ञानीक नहुने भन्दै भने–‘गाडीको कण्डिसनको छ र पोलुसन गर्दैन भने जति बर्षको हुँदा समेत चलाउन दिइनुपर्छ, उमेरहद लगाउने हो भने एक समयअवधि पछि मर्मतनै नगर्ने नराम्रो परिपाटी बस्छ, यसले झन दुर्घटनाको जोखिम निम्त्याउँछ ।’


2340 पटक हेरिएको 






