मन्त्रालयहरुको कार्यप्रगति समीक्षा थालियो, अब रेटिङ गरिने

  सरलपाटी सम्वाददाता

 548 पटक हेरिएको


काठमाडौ ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको चौमासिक कार्यप्रगति समीक्षा सुरु गरेका छन् । सिंहरदवारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छलफलमा प्रधानमन्त्रीसहित प्रधानमन्त्री कार्यालयका कर्मचारी, सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरु सहभागी छन् ।

बुधबार दिउँसो सुरु भएको समीक्षा अन्तर्गत पहिलो चरणमा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरुको समीक्षा भइरहेको छ । सबै मन्त्रालयले आफूले प्रत्येक महिना गर्ने कामको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका थिए । त्यो कार्ययोजनाअनुसार के–के काम भयो या भएन, कसरी भयो भन्ने बारे समीक्षा हुनेछ । समीक्षा पछि मन्त्रालयका कामलाई ‘रेटिङ’ गरिने बताइएको छ।

प्रधानमन्त्री केपी अ‍ोलीले मंगलबार एक कार्यक्रममा विकास निर्माण कार्यको प्रगतिमा आफू पनि असन्तुष्ट रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार