सोँचे अनुसार विकास गर्न सकिएन : प्रम ओली

  सरलपाटी सम्वाददाता

 650 पटक हेरिएको


प्रधानमन्त्री केपीशर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दबाब वा हस्तक्षेप नहुने बताए ।
मंगलबार सिंहदरबारमाआयोजितनीति अनुसन्धान प्रतिष्ठानको परिचयात्क बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताए ।
प्रधानमन्त्रीओलीले देश विकासको नीतितर्जुमागर्न अनुसन्धानमुलक र तथ्य ढंगले जानकारी ल्याउने उद्धेश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पारेका छन् । “प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ र ” प्रधानमन्त्री ओलीले भने “आवश्यक ठाउँमा राय सुझाव सहित सरकारले त्यसलाई ग्रहण गर्छ ।”
प्रधानमन्त्रीओलीले विकासले गति लिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्रालयका सचिव र केही मन्त्रीहरु सहित आयोजना गरिएको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका नांै महनिामा सोचे जस्तो विकास हुन नसकेकोमा असन्तुष्टी व्यक्त गरेका छन् । विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “विकासलाई बाधा पु¥याउने नीतिहरु कहाँ कहाँ छन् तिनलाई सच्याउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने । प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय, राष्ट्रिय योजनाआयोग,विश्वविद्यालयहरुसँग समन्वय गरेर समग्र राष्ट्रिय नीति निर्माण गर्न प्रधानमन्त्रीओलीले आग्रह गरेका छन् ।
“सरकारले कम खर्च बढी प्रतिफल दिने नीति लिएको छ” प्रधानमन्त्रीओलीले भने “हाम्रो ध्येय भनेको सुशासन र विकास हो । यसमा सघाउ पुग्ने गरी सबैको योगदान हुनु पर्दछ । ”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार