प्रधानमन्त्री ओली र यूएनका उपमहासचिब मोहम्मद बीच शिष्टाचार भेट

  सरलपाटी सम्वाददाता

 671 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मद बीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले यूएनको शान्ती अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनु भएको छ । यसैगरी प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्र संघले निर्वाह गरेको भूमिकाको प्रशंशा गरेका छन् । “राष्ट्र संघको ७३ औं महासभामा भाग लिने क्रममा पनि यस विषयमा महासचिबसँग विस्तृतमा कुराकानी भएको छ ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भने, “नेपालको शान्ती, विकास र समृद्धिका लागि यूएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु । ”
यसैगरी उपमहासचिब मोहम्मदले नेपालले दिगो विकास लक्ष्य २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गरेका छन् । “नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको हामीले महसुष गरेका छौं” उपमहासचिब मोहम्मदलाई उधृत गर्दै डा. भट्टराईले भने “नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा आधारमा सहयोग गर्न हामी तयार छौं ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार