प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मूख्य रुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भू–भागमा पनि उत्तिकै हर्षोल्साससाथ मनाइन थालेको भन्दै खुसी व्यक्त गरेका छन् । ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहाद्रतामा वृद्धि गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ ।’
प्रधानमन्त्रीले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले छठ पर्वको अवसरमा समृद्धि र विकासका लागि सुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली दिदीबिहनी एवं दाजुभाइहरुलाई गोलबद्ध हुन अपिल पनि गरेका छन् ।
संसारका सम्पूर्ण भौतिक र प्राकृतिक विकास ‘सूर्य’ मा नै आधारित रहेको बताउ“दै प्रधानमन्त्रीले सूर्यको प्रकाश बिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तुलगायत कसैको पनि अस्तित्व रहन नसक्ने बताए । ‘पृथ्वीमा उर्जाको सबै भन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु साँस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना बैज्ञानिक दृष्टिले पनि उपयुक्त छ,’ शुभकामना सन्देशमा भनिएको छ ।
आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै मुलुक अब गरिबीको दुश्चक्रबाट मुक्त हुनुपर्ने बताउ“दै आएको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारले काम गरिरहेको उल्लेख गरेका छन् । अबको चार बर्षभित्र मुलुकलाई विकास र समृद्धिको मार्गमा हिँडाउने दृढ संकल्प प्रधानमन्त्रीले दोहो¥याएका छन् । ‘मुलुकमा राजनीतिक स्थायित्व कायम भएको छ । अब हामी अल्झिनुपर्ने कुनै कुनै मुद्दा र बिषय बाँकी छ्रैन् । मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्नुछ,’ प्रधानमन्त्रीले भनेका छन् ‘मुलुकलाई समृद्ध बनाउने अभियानमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरुले काम गरिरहेका छन् ।’