कहाँ कहाँ लगाए खनाल र नेम्वाङले चार-चार करोड (योजना सहित)

  सरलपाटी सम्वाददाता

 4610 पटक हेरिएको


इलाम । इलामबाट निर्वाचित भएका नेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको योजना छनोट गरेका छन् ।
चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको छनोट गरेका हुन् । सरकारले स्थानीय पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्नका लागि चार करोडका दरले बजेट छुट्याएको छ । नेताद्वयले आफ्नो निर्वाचन क्षेत्रको लागि चार करोडबाट योजना छनोट गरेका हुन् ।
खनाल र नेम्वाङले जनसंख्या र वडा संख्याको आधारमा स्थानीय तहलाई रकम छुट्याएर त्यसबाट सञ्चालन हुने योजना छानेका हुन् । इलामको एक नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित झलनाथ खनालले सूर्योदय नगरपालिकामा एक करोड ४० लाख, माइ नगरपालिकाको सातवटा वडाको लागि ७० लाख रुपैयाँ, रोङ, माइजोगमाई, सन्दकपुर गाउँपालिकालाई ६० लाख रुपैयाँका दरले रकम छुट्याएका छन् । इलाम नगरपालिकालाई भने १० लाख रुपैयाँ विनियोजन गरिएको छ । इलाम नगरपालिकाको एउटा मात्रै वडा खनालको निर्वाचन क्षेत्रमा पर्छ ।
इलामको दुई नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङले इलाम नगरपालिकाको लागि ९० लाख रुपैयाँ, देउमाई नगरपालिकाको लागि ८३ लाख रुपैयाँ माई नगरपालिकालाई ३२ लाख रुपैयाँ र चुलाचुली फाकफोकथुम, माङसेबुङ्ग गाउँपालिकालाई भने ६५ लाख रुपैयाँका दरले रकम विनियोजन गरेका छन् । स्थानीय तहलाई विनियोजन भएको रकमबाटै योजना छनोट गरेका हुन् । झलनाथ खनालले २० वटा योजना छनोट गरेभने सुवासचन्द्र नेम्वाङले १७ वटा योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले दुई वटा ५० लाख रुपैयाँ भन्दा बढिको योजना अनिवार्य छनोट गर्नुपर्ने ब्यवस्था गरेको छ ।
खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि ७० लाख रुपैयाँ विनियोजन गरेका छन् भने सूर्योदय नगरपालिकाकाले विद्युतीकरणको लागि ५० लाख छुट्याएका छन् । नेम्वाङले मेची राजमार्ग नजिकको इन्टेक देखि साङ्गरुम्बा हुँदै गाग्रेभञ्याङ्ग जोड्ने सडकको लागि ८० लाख रुपैयाँ विनियोजन गरेका छन् । त्यस्तै माङसेबुङ गाउँपालिकाको विद्युतीकरणको लागि ५० लाख छुट्याइएको छ ।
खनाल र नेम्वाङले छनोट गरेको अधिकांश सडकका योजना छन् । विद्युतीकरण, खेलमैदान, मन्दिर, सिचाई आयोजना स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रममा परेका छन् । संघीय सांसदले चार करोड रुपैयाँ बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट गरिसक्नुपर्नेछ । छनोट भएका योजना कार्यान्वयनको लागि सरकारले स्थानीय तहलाई रकम विनियोजन गर्नेछ ।

ल हेर्नुहाेस सूचि

मिति २०७५।०७।२६
प्रेश बिज्ञप्ति
प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रीपरिषदद्वारा स्वीकृत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ९संचालन कार्यविधि० नियमावली,२०७५ अनुसार उक्त नियमावलीको नियम ३ मा भएको व्यवस्था बमोजिम कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशन समितिको मिति २०७५ कार्तिक २६ गते बसेको बैठकबाट देहाय बमोजिम निर्णय भएको ब्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

इलाम क्षेत्र न १
अध्यक्षता माननीय सदस्य श्री झलनाथ खनाल
निर्णय नं। १
इलाम जिल्ला क्षेत्र नं. १ मा रहेका गाँउपालिका तथा नगरपालिकाका वडा संख्याका आधारमा प्रत्येक स्थानीय तहहरुको कल्स्टर अनुसार समानुपातिक रुपमा देहाय बमोजिम गर्ने ।
१। सूर्योदय न.पा. १४० लाख
२। इलाम न.पा. १० लाख
३। माई न.पा. को ७ वटा वडाको रु ७० लाख
४। रोङ्ग, माईजोगमाई र सन्दकपुर गाउँपालिकालाई प्रत्येकलाई रु ६० लाख
निर्णय नं. २
उपरोक्त निर्णय १. बमोजिम विनियोजन हुने रकममा नियम बमोजिम ०।५ प्रतिशत रकम जिल्ला समन्वय समितिमा नियमानुसार उपलव्ध गराउने ।
निर्णय नं. ३
निर्णय नं. १ बमोजिम देहायका स्थानीय तहका देहायका योजनाहरु छनौट गर्ने ।
क० इलाम नगरपालिका
ज्ञ। इ.न.पा. को विद्युत सब स्टेशन देखी करफोक खोला सम्मको सडक स्तरोउन्नती गर्न रु १० लाख ।
ख० माइनगरपालिका
ज्ञ। माई न.पा. वडा न. ४ लखन थापा चोकदेखि शुक्रबारे हुदै नगरपालिका सम्मको सडक कालोपत्रे निर्माण गर्न रु ७० लाख ।
ग० रोङ्ग गा.पा.
ज्ञ। मुख्य कार्यालयबाट वडा नं. १ र २ जोडने सडक निर्माण रु १० लाख
द्द। बर भज्याङ्ग, तिलहारे दुम्से साधुटार झापा सड्क रु १० लाख
घ। विद्युतीकरण कार्यक्रम वडा नं. ३, ४ र ५ रु ३० लाख
द्ध। हरकटे धजे सलकपुर निन्दा सडक वडा नं. ६ रु १० लाख ।
घ. माईजोगमाई गा.पा.
ज्ञ. सिस्ने सोमबारे आरुगोलाई हाइड्रो जोडने सड्क बिस्तार रु १० लाख
द्द. खडग गोलाई, देउसालीगाउँ, रातोमाटे प्याङ्ग जोडने सड्क बिस्तार रु १० लाख ।
घ. टारी शुक्रबारे बजार, गडरे, सोयाङ्ग जोडने सडक बिस्तार रु १० लाख ।
द्ध. बज्रदेवी हातिटार माङ्गचोक सडक विस्तार रु १० लाख ।
छ. गुम्वा डाँडा खोल्मे घारेगाउँ, सरसिङ्ग अधेरी जोडने सड्क बिस्तार रु १० लाख ।
ट. विधुत विस्तार १ वडा मात्र रु १० लाख ।
ङ. सन्दकपुर गा.पा.
ज्ञ. देउराली गैरीगाउँ जमुना जौवारी सडक स्तोरउन्ती रु ६० लाख ।
च. सूर्योदय न.पा.
ज्ञ. फोहोरमैला व्यवस्थापन पुर्वाधार निर्माण रु २० लाख
द्द. रुङसुङ्ग भिम ज्योति देखि गोर्खे आर्चाय बैदाङ्ग गाउँहुदै मानेडाँडा सडक बिस्तार रु १० लाख ।
घ. बौद्धधाम कटेवुङ्ग सिद्धिखोला श्रीअन्तु सडक बिस्तार रु २० लाख ।
द्ध. कन्याम चियाँफ्याक्ट्री हुँदै खड्का गाउँ, सिगम, विरिङ्गखोला सम्मजोडने सडक बिस्तार रु १५ लाख ।
छ. विद्युतीकरण सूर्योदय नगरपालिका रु ५० लाख ।
ट. स्वच्छ खानेपानी मुहान तथा वातावरण सरक्षण वडा नं। ९ रु १० लाख ।
ठ. हरकटे, रम्याङ्ग सलकपुर हुदै निन्दा जोडने सडक स्तरोन्नति रु १५ लाख ।

इलाम क्षेत्र न २
अध्यक्षता माननीय सदस्य श्री सुवासचन्द्र नेम्वाङ
निर्णय नं. १
कार्यक्रम परामर्श समितिको सिफारिश बमोजिम इलाम जिल्ला क्षेत्र नं. २ मा रहेका देहायका स्थानीय तहहरुलाई जनसख्याका आधारमा देहाय वमोजिम रकम पर्ने गरी आयोजना छनौट गरियो ।
१. इलाम न.पा. ९० लाख
२. देउमाई न.पा. ८३ लाख
३. माई न.पा. को वडा नं। ६,७,८ सावीक दानावारी गाविस रु ३२ लाख
४. चुलाचुली फाकफोथुम, माङसेवुग गाउँपालिकालाई प्रत्येकलाई रु ६५ लाख
निर्णय नं. २
उपरोक्त निर्णय १. बमोजिम विनियोजन हुने रकममा नियम बमोजिम ०।५ प्रतिशत रकम जिल्ला समन्वय समितिमा नियमानुसार उपलव्ध गराउने ।
निर्णय नं. ३
निर्णय नं. १ बमोजिम देहायका स्थानीय तहका देहायका योजनाहरु छनौट गर्ने।
क० इलाम नगरपालिका
ज्ञ. मेची राजमार्ग इन्टेक सागरुम्वा हुदै गाग्रेभज्याग सम्म जोडने ९–१२ इ.न.पा. ८० लाख स्थानीय सहभागिता ३० प्रतिशत ।
द्द. वेतेनी चिहानडाँडा नागेटार वडा न ३ सम्म रु १० लाख ३० प्रतिशत स्थानीय जनसहभागिता
ख० माइनगरपालिका
ज्ञ। माई नं.पा. ६ पवित्र हाङमा हुदै सुसुलिग मागसेवुग जोडने सडक रु १० लाख ।
द्द। माई न.पा. ७ विरेन्द्र आ।व। भवन निर्माण रु १२ लाख ।
घ। माई न.पा. ८ शिवालय मन्दिर निर्माण रु १० लाख ।
ग. फाकफोथुम गा.पा.
ज्ञ. सल्लेरीफेदी हुदै आचेरे दोभान सडक रु ३० लाख
द्द. सिंहदेवी मा.वि. शिकारी भज्याङ बजार आसपास पूर्वाधार (खेलमैदान) निर्माण रु २५ लाख
घ. ठिगेपुर निमावि भौतिक पुर्वाधार निर्माण रु १० लाख
घ. देउमाई न.पा.
ज्ञ. ग्याली भन्जायाग रत्न सुरुग जेठी खर्क फलाटे सड्क स्तरउन्नती रु २५ लाख
द्द. ठूलो चौरी राना चोक फुटुक ओजले सड्क रु ३० लाख
घ. पालसेन डुव्लिग गुम्बा ९सिद्धिथुम्का० रु १८ लाख
द्ध. सुर्के सिचाई आयोजना संचालन रु १० लाख ।
ङ० माङसेवुग गा.पा.
ज्ञ. माङसेवुग गा.पा. बिधुत बिस्तार कार्यक्रम रु ५० लाख
क. माङसेवुग गा. पा. वडा न १ सदन खोप डुहोडाडा, देउराली लामिडाँडा रु १५ लाख
ख. माङसेवुग गा. पा. वडा न ४ सर्चेबुग सिङफेरो मजुवा रु १५ लाख
ग. चिसापानी पन्चमी झेपाले रमिते वाझोगाँउ टोडके कुसुण्डेसम्म रु २० लाख
द्द. राँके गैडे सडकको इमाङ्ग खण्ड सडकको ट्याक खोल्ने रु १० लाख
च. चुलाचुली गा.पा.
ज्ञ. कोलडाडा शिखरकटेरी फुइके सडक रु ४० लाख
द्द. बुढीझोला खोला अधुरो पुल बाँकी काम सम्पन्न गर्ने रु १३ लाख
घ. बेलडागी बुकुवा सडक कल्भर्ट निर्माण रु १२ लाख

झरेन्द्र प्रसाद चापागाई
सचिव एवम्
जिल्ला समन्वय अधिकारी

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार