नगरले पाँच दिन अघि अचानक लगानी सम्मेलन स्थगन गर्यो

काठमाणडौमा आयोजित सम्मेलन पूर्व तयारी कार्यक्रम
इलाम नगरपालिकाले कार्तिक २५ गते इलाममा गर्न लागेको लगानी सम्मेलन स्थगित गरेको छ । पर्याप्त तयारी गर्नका लागि समय अपुग भएको भन्दै नगरपालिकाले अचानक सम्मेलन स्थगित गरेको हाे ।
केही हप्ता अगाडि नगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्मेलन गर्ने जानकारी दिएको थियो । सम्मेलन तयारीका लागि विभिन्न उपसमितिहरु बनाएर काम पनि अघि बढाइएको थियो । लगानी सम्मेलन तयारीकै लागि भनेर काठमाण्डौंमा एउटा कार्यक्रमसमेत गरिसकेपछि नगरपालिकाले अचानक सम्मेलन स्थगन गरेको । नगरपालिकाले पर्याप्त तयारी गर्न समय अभाव भएको जनाए पनि प्रधानमन्त्री ओली विरामी भएपछि समय दिन नसक्दा सम्मेलन स्थगित गरिएको हुन सक्ने अनुमान गरिएको छ । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार