जाेगमार्इकाे फुटवल खेलमा एमएफसी पान्दाम विजयी

  डम्बर निराैला

 618 पटक हेरिएको

इलाम । माईजोगमाई माईजोगमाई गाउपालिका वार्ड नं 2 जोगमाईमा जारी फूटबल खेलको फाईनल खेल आज सम्पन्न भएको छ । आजको फाईनल खेल आयोजक समितिका अध्यक्ष राज बहादुर राईको अध्यक्षता तथा माईजोगमाई गाउपालिकाका अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यता अन्य अतिथिहरुमा माईजोगमाई वार्ड न २ का वडाध्यक्ष डम्बर सुबेदी बरिष्ट लोग गायक ईन्द्र गुरुङ बिभिन्न मिडीयाका पत्रकारहरु स्थानीय बासी लगायतको उपस्थितिमा खेल सम्पन्न भएको हो । आजको फाईनल खेल MFC पान्दम र सुदुङ स्पोटिङ बिच भएको थियो । MFC पान्दम ले ३ गोल गरेको छ भने सुदुङ स्पोटिङ क्लवको कुनै गोल हुन सकेन र MFC पान्दम बिजयी भएको छ । खेलको म्यान अफ द म्याच सुदुङ स्पोटिङका अनिस राई सर्वाधिक गोल कर्ता MFC का पेम्बा योल्मू उत्कृष्ट गोल रक्षक FFC का सुजन फगो घोषित भएका छन् । खेल प्रेमी दर्शक लगायत सम्पूर्णलाई आयोजक समितिले धन्यवाद समेत ब्यक्त गरेको छ खेलको बिजेताले नगत रू 35,000 उपबिजेताले नगत रू 20,000 साथमा आक्रषक ट्रफी मेडल र प्रमाण पत्र पाएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार