इलाम । इलामको फाकफोकुथुम गाउँपालिकास्थित तिहारको अवसरमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
स्थानीय स्तरका प्रतिभालाई स्थान दिने उद्देश्यले आयोजना हुन लागेको उक्त महोत्सवमा पर्यटन क्षेत्रको फोटो प्रदशर्नी तथा विभिन्न खेलहरु समेत हुने छन् ।
आउँदो कात्तिक २३ गते भाइटिकाको दिन हुने कार्यक्रममा गायक प्रकाश बस्नेत, रमेश सुनुवार, हास्यव्यङ्ग्य कलाकार सुवास लकान्द्री, तेज मगर लगायतको प्रस्तुति रहने छ । यस अवसरमा श्रीमान तथा श्रीमतीको जोडी दौड, भाले झिक्ने, ४० वर्ष माथिका व्यक्तिहरुको सामुहिक दौड, १५ वर्ष मूनिका बालबालिकाको बोरा दौड, म्युजिकल दौड लगायतका खेल प्रस्तुति समेत रहेको छ ।
यस अवसरमा नृत्यतर्फ प्रथम हुनेलाई ५ हजार, द्धितीयलाई ३ हजार र तृतीयलाई २ हजार रुपैयाँ पुरस्कार रहेको छ भने गायनतर्फ प्रथमलाई २ हजार र द्धितीयलाई एक हजार रुपैयाँ पुरस्कार रहेको आयोजक समितिका सह–सचिव सुमन दियालीले जानकारी दिए ।


904 पटक हेरिएको 






