माइजोगमाईमा फुटवल खेल सुरु

  डम्वर निराैंला

 550 पटक हेरिएको

इलाम । माईजोगमाई फूटबल क्लबको आयोजनामा खेल मैदानमा महिला र जुनियर पुरुषस्तरीय खेल आजबाट अमर कल्याण मा बिको खेल मैदानमा सुरु भएको छ । खेल माईजोगमाइ फुटबल क्लबका अध्यक्ष प्रविन राईको अध्यक्षता तथा माईजोगमाई गाउपालिकाका अध्यक्ष जित बहादुर राईको प्रमुख अथित्य र अन्य अतिथिहरुमा ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी ईन्चार्ज , बरिष्ट लोक गायक ईन्द्र गुरुङ , बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायत खेल प्रेमी हरुको बाक्लो उपस्थितिमा खेल सुरु भएको छ ।
आज भएको जुनियर पुरुषहरुको खेलमा पूर्व क्षितिज क्लब सोयाङ र प्रेमेजुङ बिच भएको खेलमा खेल अवधी भरीमा १र१ गोलको बराबरी भएपछि ट्राईबेकरमा पूर्व क्षितिज को ४ गोल र प्रेमेजुङ को ३ गोल हुदै पूर्व क्षितिज बिजयी भएको छ ।
तेस्तै आज भएको महिला हरुको खेलमा सहारा क्लव प्याङ र नयाँबजार बिचमा भएको खेलमा साहारा क्लवको २ गोल र नयाँबजारले कुनै गोल गरर्न सकेन र साहार क्लब बिजयी भएको छ ।
महिलाहरुको दोस्रो खेलमा देउराली स्पोटिङ क्लब र साहारा स्पोटीङ क्लव‘बी’ बिच भएको खेलमा खेल समय अवधि कुनै गोल हुन सकेन र ट्राईबेकरमा देउराली स्पोटिङ क्लवको १ गोल र साहारा स्पोटीङ क्लब ‘बी’ ले ३ गोल गर्दै बिजयी भएको छ ।
फाईनल खेल आगमि कुकुर तिहारको दिन हुने आयोजक समितिका संजीब थामीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार