इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ४ फूएतप्पामा जारी प्रथम त्रिवेणी गोल्डकप खुल्ला पुरूष नकआउट फुटबल प्रतियोगितामा राइजिङस्टार स्पोटिङ क्लब रबीलाई १ का विरूद्ध ३ गोल गर्दै आरोहण सप्तमी विजयी भएको छ ।
आज सम्पन्न प्रतियोगितामा आरोहणका तर्फबाट चक्र मगरले खेलको सात मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए ।
त्यसको लगत्तै खेलको १५ आंै मिनेटमा राईजिङस्टारका तर्फबाट अञ्जान राईले गोल गर्दै खेललाई बराबरीको स्थितिमा पु¥याए ।
खेलको दोश्रो हाफमा आरोहणकै प्रेम मगरले ४७ औं मिनेटमा र ५३ मिनेटमा अर्काे गोल गर्दै खेललाई ३–१ को स्थितिमा पु¥याए ।
१६ टीम सहभागी रहेको प्रतियोगिताको विजेताले ५१ हजार १११ र उपविजेताले २५ हजार ५५५ साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका सचिव कविन्द्र राईले जानकारी दिनुभयो ।
कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, डिफेन्डर, उदीयमान खेलाडी, अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
भोलीको पहिलो खेल सिद्धार्थ युवा समूह फूएतप्पा र जलकन्या युवा समूह लुम्दे तथा हिमालय टाइगर्सजङ फूएतप्पा र रेडस्टार आमचोकबीच दोस्रो खेल हुने आयोजक समितिका कोषाध्यक्ष हरि पिठाकोटेले जनाएका छन् ।
३ टिमले जीत निकाले
इलामको जमुनामा जारी ‘कागे नकआउट फुटवल’ प्रतियोगितामा आज भएको खेलमा मावु स्पोटिङ क्लव, सुनाखरी स्पोटिङ क्लव जमुना र रेडपाण्डा स्पोटिङ क्लवले जीत निकालेका छन् । आज भएको पहिलो खेलमा मावु स्पोटिङ क्लवले युवा स्पोटिङ क्लव जमुनालाई ० का विरुद्ध २ गोलले पराजित गरेको हो भने दोस्रो खेलमा सुनाखरी फुटवल क्लवले मिरिक फुटवल क्लवलाई ० का विरुद्ध ३ गोलले जीत निकालेको हो ।
यस्तै आजै भएको तेस्रो खेलमा रेडपाण्डा स्पोटिङ क्लवले सन् राइज स्पोटिङ क्लव फेमेगुरुलाई ० का विरुद्ध २ गोलले पराजित गरेको हो । यस्तै भोलि बुद्ध क्लव जौवारी विरुद्ध प्याङ भेट्रान स्पोट्रिङ मैदानमा उत्रदै छ भने माइभ्याली फुटवल क्लव विरुद्ध नाली थुङ्गा वाइट रोज भिड्दै छन् । यस्तै भालि नै शान्तिडाँडा फुटवल क्लव विरुद्ध रुङसुङ फुटवल क्लव पशुपतिनगर पनि भिड्दै छन् । प्रतियोगिताको फाइनल खेल कात्तिक २० गते सम्म हुने भएको छ । प्रतियोगितामा जिल्लाका २२ र भारतका २ टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख एक सय ११ रुपैयाँ, द्धितीय पुरस्कार ५० हजार ५५ रुपैयाँ रहेको छ ।