ट्रष्टले ग¥यो विद्यालयलाई इ–लाइब्रेरी हस्तान्तरण

  सरलपाटी सम्वाददाता

 535 पटक हेरिएको

इलाम । इलामको आदर्श माध्यमिक विद्यालयलाई ‘हरि गोविन्द विष्णु विद्या ट्रष्ट’ले एक कार्यक्रमका बीच इ–लाइब्रेरी हस्तान्तरण गरेको छ । पुर्ण–चन्द्र प्रतिष्ठानद्वारा सञ्चालित उक्त टूष्टले इ–लाइब्रेरी स्थापना गरेर विद्यालयलाई हस्तान्तरण गरेको हो । ट्रष्टका सदस्य डा.योगेन्द्रमान श्रेष्ठका अनुसार प्राविधिक सहयोग भने नेपाल लाइब्रेरी फाउन्डेसनले सहयोग गरेको र त्यस देखि बाहेक अन्य सामग्री भने ट्रष्टले नै निर्माण गरेको छ । इ–लाइब्रेरीमा विभिन्न किसिमका १३ हजार पुस्तक रहेका छन् । इ–लाइब्रेरीको जम्मा लागत करिब एक लाख पचास हजार रुपैयाँ लागेको श्रेष्ठको भनाइ छ । आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कोमल निरौंलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक युनियनका पूर्णप्रसाद गौतम, समाजसेवी कृष्णप्रसाद श्रेष्ठ, डिएस्पी टंकप्रसाद भट्टराई, महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका पूर्णप्रसाद ढुङगानाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । ट्रष्टका सदस्यहरुमा मदन श्रेष्ठ, रीना श्रेष्ठ, मोहन श्रेष्ठ, लीला श्रेष्ठ,डा. योगेन्द्रमान श्रेष्ठ,सुनु श्रेष्ठ, उर्मिला श्रेष्ठ, शिवजी श्रेष्ठ, सागर श्रेष्ठ,शर्मिला श्रेष्ठ, प्रदीप श्रेष्ठ र आशा श्रेष्ठ रहेका छन् । यस्तै इलामको आइतबारेस्थित करफोक विद्या मन्दिर विद्यालयलाई समेत सोमबार इ–लाइब्रेरी हस्तान्तरण गरिएको छ । सो विद्यालयलाई निलवहादुर ताम्राकारको स्मृतिमा ताम्राकारकी श्रीमती देवी ताम्राकार, छोराहरु मनोज ताम्राकार, निरोज ताम्राकार, बुहारीहरु पुनम ताम्राकार,सुजता ताम्राकार र छोरी–ज्वाई निता ताम्राकार थापा र विनोद थापाले हस्तान्तरण गरेका हुन् । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन निरौंला, प्रमुख अतिथि सूर्योदय नगरपालिका योगनिधि भट्टराईले गरेका थिए । नेपाल लाइब्रेरी फाउन्डेसनका प्राविधिक मधुसुधन श्रेष्ठले इ–लाइब्रेरीका बारेमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार