कात्तिक १२ देखि कागे गाेल्ड कप, भारतका टिमकाे समेत सहभागिता रहने

३३ वर्षदेखिको फुटवल इतिहास बोकेको ‘कागे मेला गोल्ड कप’ प्रतियोगिता यस वर्ष आउँदो कात्तिक १२ गतेदेखि कात्तिक २० गते सम्म हुने भएको छ । सन्दकपुर गाउँपालिकास्थित जमुनामा हुने फुटवल प्रतियोगितामा इलाम नगरपालिकाबाहिरको लोकप्रिय मानिने यस प्रतियोगितामा जिल्लाका २२ र भारतका २ टिमको सहभागिता रहने छ । कागे फुटवलको रौनकता यस वर्ष बढी हुने अनुमानले यस वर्ष दर्शक बस्नका लागि बासको प्याराफिट समेत निर्माण गरिएको छ ।
‘यस प्रतियोगिताको सेमिफाइनल खेलमा २ हजार भन्दा बढी खेलाडी उपस्थित हुने सम्भावना छ, त्यसैले यस वर्ष बस्नका लागि प्यारासफिट निर्माण गरिएको हो ।’खेलकुद विकास समितिका अध्यक्ष उमेश गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले सदरमुकाम बाहिरको सबैभन्दा उत्कृष्ट प्रतियोगिता कागे फुटवल प्रतियोगिता हुने जानकारी दिए ।
‘यस वर्ष जमुना आसपासको क्षेत्रमा प्रेम दिवस नामक प्रियंका कार्की र आयुस्मान देशराज जोशीको अभिनय रहेको चलचित्र समेत सुटिङ हुने भएकाले अझै रौनक थपिने देखिन्छ ।’ गुरुङले भने,‘नौ दिन सम्म चल्ने यो फुटवल प्रतियोगितामा ९ दिनै मेला समेत लाग्छ’
यस प्रतियोगितामा जिल्लाको लोकप्रिय फुटवल क्लव माइभ्याली फुटवल क्लव समेत सम्मिलित हुने छ । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख एक सय ११ रुपैयाँ, द्धितीय पुरस्कार ५० हजार ५५ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार