इलाम । इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालय इलाम बीच समुदाय प्रहरी साझेदारीका लागि समझारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयको तर्पmबाट प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ र इलाम नगरपालिकाको तर्पmबाट नगर प्रमुख महेश बस्नेतले हस्ताक्षर गरेका छन् छ । यस साझेदारीअन्तर्गत इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त प्रयासमा सामुदायिक सचेतना तथा अपराध रोकथाम, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, स्थानीय तहको सेवा प्रवाहमा प्रभावकारी सुरक्षा समन्वय, प्राविधिक सुरक्षा उपकरणको स्थापना र विस्तार, सामुदायिक गस्ती र प्रभावकारी प्रहरी परिचालन गर्ने कार्यक्रमतय गरिएको छ ।
एकीकृत स्वयम्सेवक परिचालन,फरार अपराधी पक्राउमा समुदायको रचनात्मक सहयोग, सूचना आदानप्रदान, तथ्याङ्क संकलन तथा अद्यावधिक, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रण जस्ता कार्यहरु सम्पादन हुनेछ । यस कार्यक्रमअन्तर्गत आधारभूत सुरक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराध र हिंसा नियन्त्रण, सामाजिक विकृति विसङ्गति नियन्त्रण, मान बेचबिखन नियन्त्रण, एकीकृत घुम्ती शिविर, सडक सुरक्षा, लागू औषध निषेध र मदिरा नियन्त्रण, विपद् व्यवस्थापन, साइवर सुरक्षा, वातावरण संरक्षण जस्ता कार्य गरिनेछ ।
साझेदारीलाई प्रभावकारी बनाउनका लागि कार्यगत संयन्त्र निर्माण गरिने र यसअन्तर्गत समुदाय प्रहरी पालिका समिति, समुदाय प्रहरी वडा समिति, समुदाय प्रहरी टोल समिति, प्रहरी विद्यालय सम्पर्क समिति जस्ता संयन्त्रलाई क्रियाशील बनाइने भएको छ ।
यस्ता समितिहरुले कुनै पनि किसिमको विवाद, भैmझगडा, लेनदेन लगायतका विषयमा छलफल गराउने र मुद्दा हेर्ने कार्य भने नगर्ने तर मुद्दाको प्रकृति हेरी सम्बन्धित निकायमा जानका लागि सूचना दिने सम्मका काममा मात्र सीमित राख्नेछ ।


617 पटक हेरिएको 






