ऐन बनाउन ढिलो भयो- उप– सभामुख तुम्बाहम्फे

  सरलपाटी संवाददाता

 702 पटक हेरिएको

संघीय संसदकी उप–सभामुख डा.शिवमाया तुम्बाहम्फेले साझा सूचीमा रहेका अधिकार सम्बन्धी ऐनहरू बन्न ढिलो भएको बताएकी छन् । उनले भनिन् ‘यी ऐनहरू समयमा नबन्दा तीन तहका सरकार बीचको समन्वय पनि कम भएको छ ।’
बिहीबार इलाममा कार्यालय प्रमुखहरू सँगको भेटमा उप–सभामुख तुम्बाहम्फेले साझा सूचीमा रहेका अधिकारहरूलाई विधयेकका रूपमा संसद सचिवलयमा दर्ता गराउन सरकारलाई आग्रह गरेको जानकारी दिइन् ।
प्रदेशहरूले पारित गरेका ऐनहरू संविधानले दिएको अधिकारभित्रै रहेर बनाउनु पर्ने भन्दै तुम्बाहम्फेले यदि संघीय सरकारले बनाएको र संविधान बाहिर गएको विषयसँग बाझिएमा निस्कृय रहने धारणा राखेकी थिइन् ।
आगामी मंसिर–पुस महिना भित्रमा संसदको तेस्रो अधिवेशन गर्ने छलफल चलिरहेको बताउँदै उप–सभामुख तुम्वाहम्फेले बाँकी रहेका विधयेक र अब नयाँ दर्ता हुने विधयेक पारित गरिने बताइन् । अर्को एक प्रसंङ्गमा तुम्बाहम्फेले प्रदेश सरकारहरूले आफ्ना प्रदेश भित्र दिएका सार्वजनिक विदाका विषयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय प्रशासन बीच समन्वय हुन नसक्दा विदा कार्यान्वयनमा कठिनाइ भएको बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार