बिब्ल्याँटेमा आयोजित फुटबल प्रतियोगिताको उपाधी आयोजककै पोल्टामा

  सरलपाटी सम्वाददाता

 1043 पटक हेरिएको


हेलिबोध फुटबल क्लब बरबोटेले आयोजना गरेको हेलिबोध खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक टीमलेनै सुरक्षित गरेको छ ।
विब्ल्याँटेको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा हेल्लो जस्बीरेलाई २–६ को फराकिलो अन्तरले पछि पार्दै उपाधी जितेको हो ।
जीतका लागि हेलिबोधका छिरिङ्ग गुरुङ्ग एक्लैले ५ गोलको योगदान गरेका थिए । अर्को १ गोल दिवश राईले गरेका थिए । हेल्लो जस्बीरेको तर्फबाट सुदिप राई र राजेश मगरले १–१ गोल गरेका थिए ।

विजय दशमीको अवसरमा आयोजित प्रतियोगिताको उत्कृष्ट खेलाडी सेभने वन्डर्सका पुष्प लिम्बू घोषित भए । यसरीनै उत्कृष्ट गोल रक्षक तारा चापागाईं, उत्कृष्ट रक्षक विशाल बस्नेत र सर्वाधिक गोलकर्ता दिवश राई घोषित भएका थिए ।

विजेता तथा उपविजेता टीमलाई एन्फाका केन्द्रीय सदस्य निरोज खड्गी, इलाम नगरपालिका वडा नं. ५ का अध्यक्ष ठाकुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, प्रायोकहरु काजी श्रेष्ठ, पदम गुरुङ्ग, इन्द्र शिवा, दुर्गा राई, वडा सदस्य गृष्म सुब्बा, समाजसेवी मनराज जबेगू, माइभ्याली फुटबल क्लबका सचिव दिनेश काफ्ले, तीर्थ जबेगूलगायतले पुरस्कार तथा ट्रफि प्रदान गरेका थिए ।
विजेता टीमलाई नगद ४० हजार र ट्रफि तथा उपविजेता टीमलाई नगद २० हजार र ट्रफि पुरस्कार प्रदान गरिएको थियो । प्रथम पुरस्कार काजीबहादुर श्रेष्ठ र दोस्रो पुरस्कार पदम गुरुङ्गले प्रायोजन गरेका थिए ।
फाइनल खेल शुरु हुनुभन्दा अगाडि भेट्रानहरुको टीम बीच सो म्याच गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार