मेष; प्रेमि प्रेमिकाबाट साथ पाइने छ । स्वस्थमा केहि समस्या आउन सक्ला । साताको मध्यतिर मानसिक तनाब हुन सक्ला । साताको अन्त्य तिर कार्यहरुले गति लिने छ साथै आर्थिक क्षेत्र मा सुधार हुने छ । बिद्या क्षेत्र मध्यम रहला।
वृष; उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक कार्यबाट गर्दा सफलता मिलन सक्छ । प्रेमी–प्रेमिका बीच बिचार आदान प्रधान गर्न गारो हुने छ । मित्रहरुले सहयोग गर्ने छन। बचन दिए अनुसार कार्य सम्पन्न गर्न गारो हुने छ।
मिथुन; कार्य हरुमा भने जसरि मन दिन सकिने छैन । एक्लै कार्य सम्पन्न गर्नु उपयुक्त हुने छ । सवारी साधान चलाउदा ध्यान दिनु पर्ने छ । कसै प्रति विश्वास गर्दा धोका पाउन सकिन्छ सावधानी अपनाएर कार्य गर्नु होला । सप्तान्तमा कार्यहरु ले गति लिने छ
कर्कट ; साताको सुरुवात उत्साह जनक रुपमा भए पनि मध्य र अन्त्य तिर केहि कठिनाइ आउन सक्छ । भोज तथा मनोरञ्जनमा सहभागी हुने अवसर मिलन सक्छ । विद्यार्थीवर्गको लागि मद्यम देखिन्छ।
सिंह ; आर्थिक क्षत्रम शुधार हुने छ। रोकिएका काममा सफलता हात लाग्नेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ। बिद्य क्षत्रमा सोचे अनुरूप सफलता मिल्ने छ। सवारी साधन चलाउदा बिचार गर्नु होला ।
कन्या; कार्यहरु सफलता पुर्बक सम्पन्न होला । मन हर्षित र मान सम्मान मिल्ला। मित्रहरुले साथ दिने छन । प्रेम सम्बन्ध मध्यम रहला। बिद्या क्षत्र राम्रो रहने छ । मनोरञ्जनका क्रममा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।
तुला; यात्राको योग रहेको छ । आफु भन्दा ठुला ब्यक्तिहरु संग भेट घाट हुनेछ । प्रेम प्रस्ताव राख्न सक्छन्। साताको अन्त्यमा शारीरिक थकानले सताउन सक्छ । अरुलाई आकर्षित गर्न सकिएला। साताको अन्त्यतिर खर्च बढ़ने छ।
वृश्चिक; सामाजिक सक्रियतामा वृद्धि हुने छ । रोजगार प्राप्त होला । बिद्या क्षेत्र राम्रो रहने छ । बोल्दा बिचार गर्नु होला । साताको मद्य तीर लगानी गर्दा ध्यान दिनु होला । साताको अन्त्य तिर परिवारका सदस्यहरु संग बिबाद हुन सक्छ ।
धनु; धन जोगाउने प्रयत्न गर्नुहोला । काम सम्पन्न गर्न निकै मिहिनेत गर्नु पर्नेछ । साताको मध्यतीर स्वस्थमा समस्या आउन सक्छ ।आफन्तहरु सँग बैचारिक मदभेद हुने छ। निर्णय लीन गारो हुनेछ । प्रेम सम्बन्ध सामान्य रहला।
मकर; परिवारबाट प्रशंसा पाइनेछ । भावी कार्ययोजनामा प्रेमी–प्रेमिकाबाट सहयोग प्राप्त हुनेछ । दान–पुण्य आदिले कार्यमा सहभागी हुन पाइने छ , कडा प्रयास पछि रोकिएका काम सम्पन्न हुनसक्छन् । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान पुर्याउनुपर्नेछ ।
कुम्भ; अध्ययनमा मन जानेछ । सफलता प्राप्त तथा अवसरहरु प्रसस्त मिल्ने छन । हप्ताको मध्य तीर अनावश्यक घूम फीर र खर्च हुनसक्छ । भोज–भतेरमा सहभागी हुदा बिसेस ध्यान दिनु होला।
मीन; पढ़ाईमा मन जानेछ। कार्यहरुले गति लिने छ । सामाजिक कार्यमा सहभागी भइएला । कामका विभिन्न अवसर जुट्नेछन् । अरूले प्रसंशा गर्ने छन । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ। यात्रा गर्दा स्वास्थको ख्याल गर्नु होला।
Email-extradipesh@gmail.com
Mobile-9818770779
(हामी भाइबर, इमाे, म्यासेन्जर र फाेन कल मार्फत पनि सेवा दिन्छाै)