इलाम । इलाम नगरस्तरीय फुटवल प्रतियोगितामा आज भएका दुई खेलमा वडा नम्बर ५ र वडा नम्बर ३ बिजयी भएका छन् । प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर १ लाई ४ का विरुद्ध ५ गोलले पछि पार्दै सेमिफाइनलसम्मको यात्रा पक्का गरेको हो भने वडा नम्बर ३ ले वडा नम्बर ६ लाई २ का बिरुद्ध ४ गोलले पाखा लगाउदै अपराजित यात्रा कायम राखेको हो ।
आजका दुवै प्रतिस्पर्धामा निर्धारित समयसम्म गोल बराबर भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । यस्तै भोलि हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलको पहिलो खेल वडा नम्बर ४ र ५ बीच हुने छ भने दोस्रो खेल वडा नम्बर ३ र वडा नम्बर ७ बीच हुने आयोजकले जनाएको छ ।
माङसेबुङका फुटवल खेल सुरु, आयोजक रेडस्टारको सुरुवाती जीत
इलामको माङ्सेबुङमा आजबाट सुरु भएको ‘दोस्रो रेड स्टार गोलकप’मा आयोजक रेडस्टारले गजुरमुखी भुलभुलेलाई हराउँदै सुरुवाती जित निकालेको छ । खेलमा रेडस्टारले भुलभुलेलाई १ का बिरुद्ध २ गोल गर्दै घर फर्काएको थियो ।
जीतका लागि रेडस्टारकातर्फबाट बालकृष्ण बस्नेत र प्रसन सुब्बाले गोल गरेका थिए भने भुलभुलेकातर्फबाट सन्दीप सुब्बाले सान्तवा गोल फर्काएका थिए । यस्तै प्रतियोगितामा भोलि हुने खेलहरु मालबासे फुटबल क्लब माङसेबुङ–२ र भोटेडाडाँ फुटबल क्लब माङसेबुङ–३, फिजारा फुटवल क्लव माङसेबुङ–२ र जे वाइ सी फुटवल क्लव माङसेबुङ र सुनयुमा फुटवल क्लव माङसेबुङ–२ र नाङसुङ फुटवल क्लव बीच हुनृे आयोजक समितिका सचिव युवराज कार्कीले जानकारी दिनुभयो ।
दसैको अवसरमा आयोजना गरिएको खुला नकआउट पुरुष फुटवल प्रतियोगितामा जिल्लाभित्र र बाहिर गरी २७ टिम रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार २५ हजार ट्रफी मेडल र प्रमाण रहेको छ । खेल आउदो कात्तिक ५ गते सम्म सञ्चालन हुने जनाइएको छ ।