दुर्गा राई लाई कोरियाबाट सहयोग

  शंकर विस्वासी

 1601 पटक हेरिएको


सुर्योदय सेवा समाज दक्षिण कोरियाले दुर्गा राई बचाउ अभियान अन्तरगत आर्थिक सहयोग सङ्कलन गरेको छ । इलाम नगरपालिका- ३ पुवामझुवाकी दुर्गा राई बोनम्यारो र मृगौलामा समेत समस्या देखिएकाले विगत ३ बर्ष देखी विभिन्न अस्पतालमा उपचार गराइ रहेकी छिन । पछिल्लो समय काठमाडौ स्थित निदान अस्पतालको रिपोर्ट अनुसार उनको दुबै म्रुगौला प्रत्यारोपण गर्नु पर्ने भएको छ ।
आर्थिक अभावका कारण उपचारमा समस्या उत्पन्न भएकोले विभिन्न माध्यम बाट आर्थिक सङ्कलन गर्ने क्रममा कोरियामा रहेका इलामेली हरुको सामाजिक सस्था इलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले पनि ७३५०००/-( सात लाख पैतीस हजार कोरियन वन ) सङकलन गरेको सस्थाका भिम बिराज शंकर ले जानकारी गराएका छन । सस्थाले संचालन गरेको अभियानमा सबैबाट खुलेर सहयोग प्रप्त भएकोमा अध्यक्ष मन्जु लावतिले सबैलाई धन्यवाद र खुशी व्यक्त गरे । सङ्कलित रकम नेपालस्थित बिरामिलाई हस्तान्तरण गरिने कोषाध्यक्ष पवित्रा थेबेले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार