बागबानीका विद्यार्थीले पाँच विषयमा लाेक सेवा लेख्न पाउने

अन्य विषयमा अझै अन्योल

  किरण पाैड्याल

 1302 पटक हेरिएको

इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पसका बागबानी संकायका विद्यार्थीले ५ वटा विषयमा लोक सेवा लेख्न पाउने भएका छन् ।आफूहरुले कृषि मन्त्रालयकै शाखा भएपनि अन्य कृषिका विषयमा जति सेवा सुविधा र लोकसेवामा भिड्न पाउने अधिकार नभएको भन्दै दबाब दिएपछि डिन कार्यालयले पाँच वटै विषयमा लोकसेवा भिड्न दिने भएको हो ।
महेन्द्र रत्न बहुमुखी क्याम्पसका बागबानी संकाय प्रमुख योगेन्द्रमान श्रेष्ठका अनुसार लोक सेवाको समूह खुलाएर बागबानीका विद्यार्थीलाई समेत समाबेश गर्ने निर्णय भएको हो । ‘डिन कार्यालयबाट संकाय बोर्डमा स्वीकृतिका लागि यो विषय गएको छ ।’ श्रेष्ठले भने,‘तर, बागबानी संकायका विद्यार्थीले लोक सेवा भिड्न पाउने सुनिश्चित भएको छ ।’
श्रेष्ठका अनुसार बागबानीका विद्यार्थीले बागबानी, बाली विकास, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान विषयमा लोक सेवा दिन पाउने भएका हुन् ।

बागबानी विषयका विद्यार्थीको लोकसेवाको विषयमा डिन कार्यालयसँग सहमति भएपनि अन्य विषयमा भने अझै अन्योलता नै रहेको छ । गत वर्षसम्म तीस जना विद्यार्थी भर्ना भइरहेको बागबानीमा यस वर्ष कोटा थप गरेर ५० बनाएपनि अन्य बीस जनाको बारेको बारेमा क्याम्पसले स्वीकृति पाउन सकेको छैन ।
बीस विद्यार्थीको बारेमा पनि छलफल चलिरहेकोले केही समय पछि नै सहमतिमा पुग्ने संकाय प्रमुख श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार