इलाम । पूर्वी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि गरिने ‘इस्ट टुरिजम मार्ट’ इलाममा गर्नका लागि पहल कार्यक्रम थालिएको छ । स्थानीय स्तरमा भएका पर्यटनको प्रवद्र्धन देश बाहिरका व्यक्तिलाई जानकारी गराउनका लागि गरिने यो मार्ट इलाममा गराउँदा इलामका समेत विभिन्न पर्यटकीय स्थलको चिनारी हुने इलाम पर्यटन सरोकार समितिका महासचिव देवी पौड्यालले बताए । 