मार्इमा कच्ची पुल

  विमल दाहाल

 637 पटक हेरिएको

इलाम । माई नगरपालिका अन्र्तगत दानाबारी र महमाई बीचको माई खोलामा बाँसको पुल बनेको छ । बुधबार एक कार्यक्रमका बिच माई नगरपालिकाका प्रमुख दिपककुमार थेबेले पुल उद्घाटन गर्नु भएको छ ।
माई नगरपालिका ७ नम्बर वडाको एक लाख रुपैया र २६ हजार बराबरको जनश्रमदानबाट पुल निर्माण गरिएको पुल निर्माण समितिका अध्यक्ष दिपक निरौलाले बताँउनु भयो । बर्खाको समयमा डुङ्गाबाट जोखिम यात्रा गर्नु पर्ने बाध्यता रहेको भएता पनि खोलामा पानीको बाहाव घटेकाले स्थानीय माई ७ का बासिन्दाहरुको सक्रियतामा बाँसको पुल निर्माण गरिएको स्थानीय लाखमान तामाङ्गले बताँउनु भयो । अटो सफारी, मोटर साईकल र पैदल यात्रीलाई सहज हुने गरी ६ फुट चौडाई र ५० फुट लम्बाई रहेको पुलले महमाई, बाझो, रबि लगायतका हजारौ मानिसलाई यात्रामा सहजता हुने वडा नम्बर ७ का वडा अध्यक्ष राम प्रसाद सदेम्वाले बताँउनु भयो ।
पुल नहुदा माई खोलामा २०७३ सालको दशैमा डुङ्गाबाट यात्रा गर्ने क्रममा डुङ्गा पल्टिदा ८ जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका थिए । बर्खाको समयमा महमाई बासीले खाध्यान्न लगायतका सामान हिउदमानै जोहो गर्नु पर्ने बाध्यता रहेको छ । माई नगरपालिकाको दानाबारी र महमाई जोड्ने माई खोलामा पक्कि पुल समेत गत २०७१ बाट निर्माण भईरहेको भएता पनि सम्पन्न भएको छैन । आगामी बर्ष पक्कि पुल समेत सम्पन्न हुने अपेक्षा स्थानीयले गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार