नगरस्तरीय फुटवल, १ र ४ विजयी

  सरलपाटी सम्वाददाता

 576 पटक हेरिएको

इलाम । इलामको ठूलो टुँडिखेलमा आजबाट सुरु भएको ‘नगरस्तरीय वडा कप’ प्रतियोगितामा दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा वडा नम्बर १ माथि वडा नम्बर ४ ले सुरुवाती जीत निकाल्यो भने दोस्रो खेलमा वडा नम्बर २ ले वडा नम्बर–१२ लाई पराजित गरेको छ ।
खेलमा वडा नम्बर ४ ले र वडा नम्बर १ लाई १ का बिरुद्ध २ गोलले हरायो भने वडा नम्बर २ ले वडा नम्बर १२ लाई ० का बिरुद्ध २ गोलले पछि पारेको छ । यस्तै भोली हुने पहिलो खेल वडा नम्बर १० र वडा नम्बर ८ बीच र दोस्रो खेल वडा नम्बर ६ र वडा नम्बर १ बीच हुने आयोजकले जनाएको छ । जिल्लामा फुटवलको एकाडेमी निर्माण गर्ने र युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु भएको फुटवल खेल असोज ३० गते फुलपातीका दिन सम्पन्न हुने छ ।
इलाम नगरपालिका नगर खेलकुद विकास प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा वडाका १२ टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम पुरस्कार ६० हजार, द्वितीय पुरस्कार ४० हजार, मेडल र ट्रफी समेत रहेको प्रतिष्ठानका कार्यवहाक अध्यक्ष तीर्थ जबेगूले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार