अनाथलय निर्माणकालागि रकम संकलन

  सरलपाटी सम्वाददाता

 711 पटक हेरिएको

इलाम । अनाथ बालबालिका राख्ने भवनको अभाव भएपछि भवन निर्माणका लागि रकम संकलन गर्न सुरु गरिएको छ । इलाम नगरपालिका –९ स्थित गोलाखर्क भञ्ज्याङमा रहेको राहसल अनाथलयले समिति नै गठन गरेर चन्दा संकलन गर्न सुरु गरेको हो ।
१५ जना बालबालिका रहेको यस अनाथलयमा बालबालिका राख्न भवनको अत्यन्त अभाव छ । ‘यसै वर्ष निर्माण सक्ने उद्देश्यले भवन निर्माण गर्न रकम संकलन अभियान सुरु गरेका हौं’ । राहसल बाल अनाथालय स्रोत व्यवस्थापन समिति संयोजक चन्द्र राईले भने,‘५० देखि ६० लाख रुपैयाँको ४० जना सम्म अट्ने भवन निर्माण गर्ने सोचमा छौं’ ।
उनका अनुसार बैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोग गर्नका लागि आह्रवान गर्ने र त्यसपछि स्थानीय तह, संघ र संस्थामा पनि निवेदन गर्ने समितिको योजना छ ।
राईका अनुसार अनाथालयका लागि समितिले नगद र जिन्सी संकलन कार्य गर्दै रहेको छ । अनाथालयले भविष्यमा ‘चिल्ड्रन पार्क’ र ‘म्युजियम’ निर्माण गर्ने समेत लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार