विद्यार्थीको पक्षमा अदालतको फैसला, इलामका निजी विद्यालयलाई बढेको शुल्क नलिन अदालतको आदेश

  सरलपाटी सम्वाददाता

 1788 पटक हेरिएको


इलाम । इलामका निजी विद्यालयले यस शैक्षिक सत्रका बढाएको शुल्क लिन नपाउने भएका छन् । उच्च अदालत विराटनगर इजलासमा परेको रिटको आज अन्तिम फैसला गर्दै यस शैक्षिक सत्रमा जिल्लामा बढाएको शुल्क नलिन अनुरोध गरिएको अदालतका उपरजिष्टार विश्वजन शिजापतिले जानकारी दिनुभयो । ‘जिल्लाका निजी विद्यालयले शुल्क बढाउन पाउदैनन्’ सिजापतिले भन्नुभयो,‘ निजी विद्यालयले बढेको शुल्क पनि फिर्ता गर्नुपर्छ’
निजी विद्यालयले ३१ बैशाखमा मूल्यवृद्धि गरेको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी),संघीय विद्यार्थी फोरमले बढेको शुल्क फिर्ता गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । अदालतले गत जेठ ५ मा कुनै पनि निजी विद्यालयले बढेको शुल्क नलिनका लागि अन्तरिम आदेश जारी गरेको थियो ।
विद्यार्थी संगठनले इलाम नगरपालिका, जिल्ला शिक्षा समन्वय इकाई, निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन(प्यावसन) र एनप्यावसनलाई विपक्षी बनाउदै मुद्दा दायर गरेका थिए ।
न्यायधीसद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको समुक्त इजलासले विद्यार्थीको पक्षमा फैसला गरेको हो । मुद्दाको पक्षमा अधिवक्ता उत्तम पौडेल, खगराज कट्टेल र तारा घिमिरेले बहस गर्नुभएको थियो भने विपक्षमा वीरबहादुर खड्का हिरण्य अधिकारी र सुधीर बोहोराले बहस गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार