बलात्कार र महिला हिंसाको घटनामा संलग्न तीन पक्राउ

  सरलपाटी सम्वाददाता

 534 पटक हेरिएको

 

पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिका वडा नम्वर १२ की २६ वर्षीय एक महिला आफ्नै भतिजो नाता पर्ने युवकबाट बलात्कृत भएकी छिन ।
घरमा एक्लै बस्दै आएकी ती महिला १९ वर्षका सुमन केरुङबाट बलात्कृत भएकी हुन । केरुङले उनलाई असोज १३ गते साँझ मोवाइलमा फोटो र भिडियोे देखाउने बहाना गरेर बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले पीडकलाई पक्राउ गरेको छ ।
घट्नापछि गाँउमै लुकेर बसेका युवकलाई प्रहरीले पक्राउ गररेर जिल्ला अदालत पाँचथरमा म्यादथप गरी अनुसन्धान अघि बढाएकोे जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी अनिल पौडेलले जानकारी दिए ।
यस्तै पाँचथरकै फाल्गुनन्द गाँउपालिका वडा नम्वर ६ का जीवन आङदेम्वेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले स्थानीय २५ वर्षीय महिलालाई असोज १२ गते राती घरमा प्रवेश गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । यस्तै हिलिहाङ गाँउपालिका वडा नम्वर ५ का २२ वर्षीय सुजन वयलकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ । स्थानीय २८ वर्षीय एक महिलालाई कुटपिट गरेकोे आरोपमा ती युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार