६३ औं नेपाल प्रहरी दिवसको अवसरमा इलामको बिब्ल्याँटेमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय दुई प्रिन्ट रगत जम्मा भएको छ ।
रक्तदान कार्यक्रममा ४० जना नेपाल प्रहरी, १० जना सशस्त्र प्रहरी र ५० जना सर्वसाधारणले रक्तदान गरेका थिए ।
कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी एकता उपशाखा बरबोटेका सचिव हेमन्त गौतमले गरेका थिए ।
कार्यक्रमको आयोजना जिल्ला प्रहरी कार्यालय इलाम र रेडक्रस उपशाखा बरबोटेले गरेको उपशाखाका सचिव हेमन्त गौतमले बताए ।