इलाम । इलाम बजारमा बैशाख यता बजार अनुगमन भएको चार पटक भइसक्यो । जिल्ला प्रशासन कार्यालयले तीन पटक र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय बिराटनगरको टोलीले एक पटक बजार अनुगमन गरेको छ ।
बजार अनुगमनको क्रममा त्रुटि भेटिए व्यवसायीलाई चेतावनी पत्र थमाउने गरेको छ । तर, कारवार्ही भने भएको छैन् । गत असार १ गते क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय बिराटनगरको टोलीले सदरमुकाम स्थित गोरख होटल भेटिएको बम्बइसन खराब रहेको भन्दै होटल सञ्चालकलाई सात दिने चेतावनी पत्र थमाएको थियो ।
आइतबार गरिएको अनुगमनमा समेत गोरख होटलमा बम्बइसन मिठाई खान अयोग्य भेटिएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले सुधार गर्न भन्दै चेतावानी मात्रै थमाएको छ । जति पटक खरावि भेटिएपनि कारवार्ही नहुने र चेतावनी पत्र मात्रै थाप्नुपर्ने भएपछि अनुगमनले सुधार गरेका छैनन् । आइतबार भएको अनुगमनमा २६ जना व्यवसायिलाई चेतावनी पत्र थमाइएको थियो । यस अघि जिल्ला प्रशासन कार्यालयबाटै भएको अनुगमनमा चेतावनी पत्र थाप्नेको संख्या निकै छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले १४ वटा होटलमा पाखेको खाद्यबस्तु असुरक्षित रहेको बताएको थियो । ती मध्ये कतिलाई २४ घण्टेदेखि १५ दिनसम्मको चेतावनी पत्र काटिएको थियो । जति पटक अनुगमन भएपछि बजारको अवस्था सुधार हुन सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएलले भने पहिले चेतावनी दिएको ठाउँमा भने अहिले सुधार पाइएको बताए । ‘हामीले यस अघिको अनुगमनमा सचेत गराएको ठाउँमा अवस्था सुधार भएको पाइयो’–उनले भने–‘यो पटक चेतावनी दिइएका व्यवसायी पहिलेका होइनन्, नयाँ हुन् ।’ यस अघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले सचेत गराएकोबारे भने आफुहरुलाई जानकारी नहुने बताए । ‘उहाँहरुले गरेको अनुगमन गरेको प्रक्रिया कहाँ पुग्यो थाहा छैन’–प्रशासकीय अधिकृत देवीचरण फुयाँलले अघि थपे–‘हाम्रो नियमित प्रक्रिया हो, त्यता जोडिदैन ।’
बजार अनुगमनको क्रममा माछा पसल भने व्यवस्थित नभेटिएको जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत फूएलले भने । अनुगमनमा म्याद नाघेको खाद्यबस्तु भेटिएको, उत्पादन मिति उल्लेख नभएको पाकेटको खाद्यबस्तु भेटिएको, पसलमा मूल्यसुची नराखिएको भेटिएको छ ।