देविस्थान संरक्षणका लागि युकेबाट सहयोग

पहिलो चरणमा घेराबारा गरिने

  सरलपाटी सम्वाददाता

 847 पटक हेरिएको


इलाम।इलाम नगरपालिका वडा नं. ५ स्थित देविस्थान संरक्षणका लागि बेलायतमा कार्यरत इलामेहरुले सहयोग पठाएका छन् ।
परापूर्वकालदेखि देविको पूजा गरिंदै आएको देविस्थानमा पानीको मुहान पनि रहेकाले यसको संरक्षणका लागि जीतबहादुर जबेगूको अध्यक्षतामा एक समितिनै गठन गरिएको छ ।
समितिले पानीको मुहानसहितको देविस्थानको क्षेत्र संरक्षण गर्नका लागि घेराबारा गर्ने भएको छ । संरक्षणमा सरकारले ध्यान नदिएपछि स्थानीयबासी आफैं संरक्षणमा जुटेका हुन् । समितिले देश विदेशमा रहेका बरबोटेली र छिमेकी गाउँका व्यक्तिहरुलाई सहयोगका लागि आग्रह गरेको छ । सोही अनुसार बेलायतबाट ८५ हजार रुपैंयाँ सहयोग प्राप्त भएको हो ।
बरबोटे घर भई हाल बेलायतमा कार्यरत लोकबहादुर लिम्बूले १० हजार, बरबोटे घर भई बेलायतमै कार्यरत राजबहादुर जबेगू, खड्गबहादुर लुङ्गेली, गुमानसिंह आङ्बो (खड्क), हेमकुमार आले मगर, काजीमान नूगो लिम्बूले सात हजार छ सय नौं रुपैंयाँ ७१ पैसाका दरले र बरबोटेकै मनिबहादुर लिम्बूले पाँच हजार नौं सय ८८ रुपैयाँ, कुलबहादुर गुरुङ्ग र टंक नूगो लिम्बूले चार हजार चार सय ७६ रुपैयाँका दरले सहयोग प्रदान गरेका छन् । यसरीनै साखेजुङ्ग घर भई बेलायतमा कार्यरत बिरेन्द्र लोक्ताम र केशरी लिम्बू र टेक लोक्ताम र कुमारी लोक्तामले सात हजार छ सय नौं रुपैंयाँका दरले र माबु घर भई बेलायतमा कार्यरत हर्क गुरुङ्ग र बिनिता गुरुङ्गले पनि सात हजार चार सय ६० रुपैयाँ सहयोग प्रदान गरेका छन् । राजबहादुर जबेगूको अगुवाईमा सहयोग संकलन गरेर समितिलाई पठाइएको हो ।
स्थानीयबासीबाट पनि सहयोग संकलन गरेर तारबेरा र पानीको संरक्षणमा सो रकम खर्च गरिने संरक्षण समितिका अध्यक्ष जबेगूले बताए । तारबेरा गर्न कम्तिमा तीन लाख ५० हजार लाग्ने र यसका लागि अन्य मुलुकमा कार्यरत बरबोटेबासीहरुलाई पनि सहयोगका लागि अनुरोध गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार