इलाम । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नयाँ संविधान सबैले स्वीकारेको बताउनुभएको छ । संविधानसभा अध्यक्ष समेत रहनुभएका नेम्बाङले ९० प्रतिशत संसदले हस्ताक्षर गरेको संविधानलाई अहिले सबैले स्वीकार गरेको उल्लेख गर्नुभयो ।
इलामको मंगरबारेमा आज किराँत याक्थुम चुम्लुङको कार्यक्रमलाई इलाममा सम्बोद्धन गर्दैै नेम्बाङले संसारका कुनै पनि देशमा शत प्रतिशतले स्वीकारेका संविधान नबनेकाले नेपालको संविधान उदाहरणीय रहेको उल्लेख गर्नुभयो । ‘नेपालको संविधान अधिकतम् जनताका प्रतिनिधिले स्वीकार गरेका संविधान हो ।’ नेम्बाङले भन्नुभयो,‘कुनै पनि देशमा यति बेला सांसदले संविधानमा हस्ताक्षर गरेका छैनन्’
उहाँले त्यही संविधानलाई स्वीकारेर मन्त्रीको शपत खाएकाले संविधान स्वीकार्य छैन भन्नु आश्चर्य रहेको बताउनुभयो । उहाँले फरक प्रसङ्गमा एक नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणका बारेमा सबै अधिकार प्रदेशका सांसदलाई दिएकाले सबै मिलाउने जिम्मा पनि प्रदेश सांसदकै रहेको जानकारी दिनुभयो ।


450 पटक हेरिएको 






