इलाम । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याएको नागरिकता सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाएका छन् । उनले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ त्रुटीपूर्ण रहेको उल्लेख गर्दै सच्याउनु पर्ने बताए । सरकार र संसदलाई खबरदारी गर्न समेत नेता खनालले नागरिक समाजका अगुवाहरुलाई आग्रह गरेका छन् ।
नागरिकता ऐनसम्बन्धी विधेयकका विषयमा सोमबार आयोजित छलफल कार्यक्रममा बोल्दै उनले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय हितलाई प्रर्वधन गर्न पनि संघीय संसद र सरकारले विधेयकलाई सच्याउनुको विकल्प नरहेको स्पष्ट पारे ।नेता खनालले नागरिकता दिने कामलाई सरकारले सचेत ढंगले अघि बढाउनु पर्ने आवश्यक्ता रहेको औंल्याएका थिए । नागरिकता वितरणसम्बन्धि हालको विवादलाई समाधान राष्ट्रिय बहसको आवश्यक्तामा पनि जोड दिएका छन् ।