इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ। महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ।शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा बसेको बैठकले राहत कोषका लागि सुरुमा ५० हजार रुपैयाँ जम्मा गर्ने र त्यसलाई क्रमसः थप्दै लैजाने निर्णय गरेको हो। ‘पत्रकारलाई आपत्–विपद् परेका बेला आर्थिक सहयोग गर्न कोष स्थापना गर्न लागिएको हो,’ अध्यक्ष ढकालले भनिन्। ‘कोष सञ्चालनका लागि कार्यविधि तयार गर्न समिति गठन गरिएको छ।’
महासंघले इलामका पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा स्थापना गरिएको आशिष स्मृति पत्रकारिता पुरस्कारको अक्षय कोष पनि थपेर १ लाख रुपैयाँको बनाउने भएको हो। यो कोषको ब्याजबाट हरेक वर्ष साविक मेची अञ्चल (ताप्लेजुङ, पाँचथर, इलाम र झापा) का उत्कृष्ट पत्रकारलाई नगद १० हजारसहित पुरस्कृत गरिँदै आएको छ। यस्तै अाजै बसेकाे बैठक मंसिर २२ गते साधारण सभा बस्ने समेत निर्णय भएकाे अध्यक्ष ढकालले जानकारी दिइन् ।


771 पटक हेरिएको 






