नायव सुब्बा काेइरालाकाे जेसिबी ठक्करबाट मृत्यु

  सरलपाटी सम्वाददाता

 642 पटक हेरिएको

इलाम । इलामको चुलाचुली गाउँपालिकाका नायव सुब्बा जगतबहादुर कोइरालाको आज मोटरसाइकल दुर्घटनामा निधन भएको छ । इलाम सदरमुकामबाट चुलाचुली जाने क्रममा झापाको कन्काई नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा ना १ क ३७२९ नम्बरको जेसिबीले ठक्कर दिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । इलाम नगरपालिका  स्थायी बासिन्दा रहेका कोइरालाको दुर्घटनापछि उपचारका क्रममा झापाकै बी एण्ड सी अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनापछि जेसीबी चालक भने फरार रहेका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार