जनप्रतिनिधि र शिक्षकबीच मैत्रीपूर्ण फुटबल खेल

इलाम । इलामको माइजोगमाई गाउँपालिकामा शुक्रबार जनप्रतिनिधि–कर्मचारी र शिक्षक–अभिभावक बीच मैत्री पूर्ण फूटवल खेल भएको छ । खेलमा जनप्रतिनिधिका तर्फबाट ४ गाेल गरेका थिए भने शिक्षककातर्फ ६गोल लगाएको थियो । माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारस्थित अमरकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमैदानमा खेल सम्पन्न भएको थियो । खेलमा गाउँपालिका अध्यक्ष जीतबहादुर राईको नेतृत्वमा जनप्रतिनिधिको टोली मैदान पसेको थियो भने शिक्षक धनबहादुर भण्डारीको नेतृत्वमा शिक्षकहरुको टिम मैदान पसेको गाउँपालिकाका सहायक लेखापाल प्रदीप नेपालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार