इलाम । न्यायिक समितिले जनप्रतिनिधि र नागरिकको सम्बन्धलाई जोड्नु पर्ने इलाममा भएको तेह्रथुमका न्यायिक समितिको तालिम समापन समारोहका बक्ताले बताए । उनीहरूले स्थानीय सरकाले गर्ने न्याय सम्पादनको काम गर्दा नागरिक र जनप्रतिनीधिको सम्बन्धलाई बिगार्न नहुँनेमा जोड दिए ।
मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गरेको तालिमको समापन समारोहमा प्रदेश सांसद रामबहादुर रानामगरले न्यायिक समितिले गर्ने विवाद व्यवस्थापनको काम गर्दा जनप्रतिनीधि र नागरिकको सम्बन्ध बिग्रन नहुँने बताए । उनले न्यायिक क्षेत्राधिकारलाई ध्यान दिएर न्यायिक समितिले काम गर्न पर्ने जोड दिए ।
नागरिकले पाउँने न्यायलाई सहज र सरल बनाउँने अभ्यासमा सम्बन्धलाई दिगो व्यवस्थापन गर्नुपर्ने जिल्ला समन्वय समिति इलामका अध्यक्ष गणेश प्रसाद बरालले बताए । उनले सर्वसाधारणका लागि न्याय पहुँच होइन आवश्यकताको आधारमा पाउँन सक्ने वातावावरणको विकास सरकारले गर्नुपर्ने जोड दिए ।
मानव अधिकार मञ्च नेपाल इलामको अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा सम्पन्न तालिममा तेह्रथुमका छ वटै स्थानीय तहको न्यायिक समिति र एक जना कर्मचारीको सहभागिता रहेको बताइएको छ ।


716 पटक हेरिएको 






