मेष : अध्ययनमा मन जानेछ । सफलता प्राप्त तथा अवसरहरु प्रसस्त मिल्ने छन । हप्ताको मध्य तीर अनावश्यक घूम फीर र खर्च हुन्सक्छ । भोज भतेर मा ध्यान दिनुहोला-सहभागी हुने समय छ
वृष : नया कार्यहरुको सुरुवात हुन सक्छ । प्रेम प्रसंग राम्रो रहने छ। मान्यजनहरु बाट सहयोग प्राप्त हुने छ । आर्थिक क्षेत्र सबल रहने छ । हप्ताको अन्त्य तीर ब्यापार ब्यवसायमा सोचे अनुरुप फल प्राप्त गर्न धेरै मेहनत गर्नु पर्ने हुने छ।
मिथुन : काममा सफलता मिल्नेछ । बिद्या क्षेत्रमा मन जानेछ । सामाजिक काममा सहभागी हुने अवसर जुट्नेछ । मित्र हरु बाट सहयोग प्राप्त हुनेछ । साताको अन्तयतीर आर्थीक क्षेत्र फलदायी रहनेछ।
कर्कट : साताको सुरुवातमा सवारी साधानको प्रयोगमा बिसेस ध्यान दिनु होला। आर्थिक क्षेत्रमा सोचे अनुरूप कार्य अगाडि बढ़नेछ । प्रेमी–प्रेमिकाबीचको सम्बन्धले थप सकरात्मक गति लिनेछ। कार्यहरु सहज रुपमा सम्पन्न हुनेछ। धार्मिक कार्यहरुमा मन जानेछ।
सिंह : सवारी साधान चलाउदा ध्यान दिनु होला । हरेक कार्यगर्दा ध्यान पुर्बक गर्नु होला । प्रिय मित्रहरु संग भेटघाट हुनेछ । स्वस्थ सामान्य रहला। साताको अन्त्यतीर कामले गति लिने छ, धार्मिक कार्यमा मन जानेछ, मन हर्षित रहनेछ।
कन्या : धन जोगाउने चेष्ठा गर्नुहोला । काम सम्पन्न गर्न निकै मिहिनेत गर्नु पर्नेछ । साताको मध्यतीर रोजगरिको अवसर मिल्न सक्छ।आफन्तहरु सँग बैचारिक मदभेद हुने छ। निर्णय लीन गारो हुनेछ । प्रेम सम्बन्ध सामान्य रहला।
तुला : पढ़ाईमा मन जानेछ। कार्यहरुले गति लिने छ । सामाजिक कार्यमा सहभागी भइएला । कामका विभिन्न अवसर जुट्नेछन् । अरूले प्रसंशा गर्ने छन । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ। यात्रा गर्दा स्वास्थको ख्याल गर्नु होला।
वृश्चिक : भोज–भतेरमामा सहभागी हुनु हुनेछ । बोल्दा ध्यान दिनु होला। मित्रहरुले धोका दिन सक्छन् । परिवार बाट सहयोग मिल्ने छ। साताको अन्त्यमा पूण्य कर्मतर्फ रुचि बढ्नेछ र प्रेम प्रसङ्ग अघि बढ़न सक्ने छ।
धनु : कड़ा मिहिनेत पछि कार्य सम्पन्न हुने छ । । साथीहरुले धोका दिन सक्छन् । स्वास्थ्यमा बाधा हुनसक्छ । साताको अन्त्यतिर कार्य सफलता पुर्बक सम्पन्न हुने छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
मकर : साताको सुरुवाततीर कार्यहरु मा बाधा आउन सक्छ । प्रेमी–प्रेमिकाबीच मदभेद हुन सक्छ । कम बोल्नुनै फाइदा होला । कुनै पनि कार्यमा बढी खर्च भए पनि ढिलो गरी सफलता हात लाग्नेछ ।
कुम्भ : साताको सुरुवात र अन्त्यतीर प्रसंशा तथा मन हर्षित रहने छ , अध्ययनमा मन जाने छ । बैदेशिक कार्यमा सफलता मिल्ने छ । काम क्रमिक रूपमा सुचारु हुनेछन्। यात्रा गर्दा ध्यान पुर्याउनुहोला ।
मीन : अद्यनशील समय रहेको छ। प्रतिकूल अवस्थालाई अनुकूल बनाउन सकिनेछ । आर्थिक पक्षमा प्रगति हुनेछ । बैदेशिक कार्यले गति लिने छ । आर्थिक कारोबार गर्दा बिसेस सावधानी अपनाउनु होला । स्वास्थ्य प्रतिकूल हुनसक्छ, सावधानी अपनाउनुहोला ।
Email-extradipesh@gmail.com
Mobile-9818770779
(हामी भाइबर, इमाे, म्यासेन्जर र फाेन कल मार्फत पनि सेवा दिन्छाै)