नेकपाको एक नम्बर प्रदेश इञ्चार्ज भीम आचार्य, अध्यक्षमा देवराज घिमिरे

  सरलपाटी सम्वाददाता

 792 पटक हेरिएको


इलाम ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक नम्बर प्रदेश इञ्चार्ज भीम आचार्य तोकिएका छन् । एक नम्बर पार्टी अध्यक्षको जिम्मेवारी भने देवराज घिमिरेले पाएका छन् । नेकपाको सचिवाल बैठकले ७ वटै प्रदेशका इन्चार्ज सह–इन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले नामहरु टुंगो लगाएको सचिवालय सदस्य इश्वर पोखरेलले बताए । एक नम्बर प्रदेशको सह इञ्चार्जको जिम्मा सावित्रि कुमार काफ्ले र प्रदेश सचिवको जिम्मा सुरेश राईलाई दिइएको छ ।

दुई नम्बर प्रदेशको इन्चार्जमा सत्यनारायण मण्डल, सहइन्चार्जमा विश्वनाथ शाह, अध्यक्ष प्रभु शाह र सचिवमा सुमन प्याकुरेलले जिम्मेवारी पाएका छन् । त्यस्तै प्रदेश नम्बर ३ को इन्चार्जमा अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ, अध्यक्षमा नारायण दाहाल र सचिव आनान्द पोखरेल तोकिएका छन् ।
प्रदेश ४ को इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्ज खगराज अधिकारी, अध्यक्षमा हितराज पाण्डे र सचिव गोविन्द नेपाली तोकिएका छन् ।

प्रदेश ५ को इन्चार्ज शंकर पोखरेल, सहईन्चार्ज दलबहादुर राणा, अध्यक्ष ओनसरी घर्ती र सचिव जगप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ । प्रदेश ६को इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गोरख बहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा भएका छन् । प्रदेश ७को इन्चार्जमा भीम रावल, सहइन्चार्जमा लक्ष्मीराज जोशी अध्यक्षमा कर्ण थापा र सचिव मेटबहादुर चौधरीलाई जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार