विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका २ स्थित भुटाहा बजारमा आज दिउँसो अज्ञात सुटरहरुले गोली प्रहार गरेर स्थानीय नेता ५५ वर्षीय खुर्सिद आलमको हत्या गरेका छन् ।
गोली प्रहारबाट हरीनगर ६, घुस्की प्रहरी चौकीमा कार्यरत प्रहरी जवान शिव पौडेल घाइते भएका छन् । आज बिहान एघार बजेतिर भारतीय नंम्बर प्लेटको दुइ मोटरसाईकलमा सवार अज्ञात हतियाधारी समूहले बजार नजिकै गोली हानी आलमको हत्या गरेका हुन् । आलमको हत्या गरेर मोटरसाइकलमा भारततर्फ भाग्दै गरेको सुटरले चेकजाँचका क्रममा घुस्की प्रहरी चौकीका जवान शिवलाल र अर्को एक जनालाई पनि गोली हानेर भागेका थिए ।
अज्ञात सुटरहरुले हत्या गरेका खुर्सिद स्थानीय बिद्यालयका शिक्षक र एमालेका पुर्व नेता पनि हुन् । हत्यामा संलग्नहरु भारतीय सुटरहरु हुन सक्ने भएकोले नाकामा चेकजाँच कडा बनाइएको सुनसरीका एसपी राजन अधिकारीले बताए । उनले सुरक्षाका लागि भारतीय प्रहरीसँग पनि सहयोग लिइरहेको बताए । घटना स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
स्थानीयका अनुसार दिउँसै बजारमा बिद्यालयका प्राध्यानध्यापकको हत्या भएपछि स्थानीय उत्तेजित भएर प्रहरी बिरुद्ध नाराबाजी गरिरहेका छन् । प्रहरीले उनीहरुलाई शान्त पार्ने प्रयास गरिरहेको छ । आलम असल र मिजासिला स्वभावको भएको तथा उनले एक स्थानीय निजी विद्यालय सञ्चालन गर्दै आइरहेको गाउँपालिका प्रमुख गफार अन्सारीले बताए ।