
काठमाणडौ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १६ जना नेपाली विरामी परेका छन् । मृत्यु तथा विरामी भएकाहरूले किंगफिसर (बियर), ग्राण्ड रोयल र मेन्डले नामका ह्विस्की सेवन गरेको खुल्न आएको छ ।
मृत्यु हुनेमा सिद्धिथुम्का -९ इलामका बलबहादुर कुलुङ्ग बसरी (३ धादिङका भिमबहादुर घले, मसिना -६ रूपन्देहीका रामकुमार यादव, अमरगढी (५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाह- ९ सुनसरीका संजय उराब , रहेकाृ मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन् । मृत्यु हुने आइ सिंह गोलेको ठेगाना खुल्न सकेको छैन ।
मलेसियाको कजाङमा उपचाररत जितबहादुर माझी बाहेक पाँच जना नेपाली डिस्चार्ज भइसकेका छन् । सुङ्गाई ब्लोहमा भने नौ जनाको उपचार चलिरहेको छ । उपचारका क्रममा रहेका चार जनाको नाम बाहेकको परिचय खुल्न नसकेको मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन् ।
प्रारम्भिक अनुसन्धानबाट ती मदिरामा मिथानोलको नामक पदार्थको मात्रा अत्यधिक रहेको पाइएकोले त्यसैबाट नेपाली कामदारहरू बिरामी तथा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।


674 पटक हेरिएको 






