इलाम । संविधानमा भएका मौलिक हकका बारेमा सर्वसाधारणलाई जानकारी गराउन इलाममा विभिन्न ठाउँमा मौलिक हकमा व्यवस्था भएका बुद्धा लेखिएका वोर्ड राखिएको छ । चौथो संविधान दिवसको अवसरमा इलामका विभिन्न स्थानमा बालबालिकाको हक, स्वास्थ्य सम्बन्धी हक, महिलाको हकको बारेमा जानकारी गराइएको छ । प्रत्येक सर्वसाधारणले आफ्नो अधिकारका बारेमा जानकारी हुनुपर्ने भन्दै विभिन्न संघ, संगठन र संस्थाको अगुवाईमा बोर्ड राखिएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)को आयोजनामा भएको कार्यक्रममा मानव अधिकार मञ्च नेपाल इलाम, एल इन वान कम्युटर सेन्टर, कुम्भकर्ण एग्रीकल्चर प्रालि गोदक, ग्रीन सिटी नर्सरी फार्म शेराको सहयोगमा बोर्ड राखिएको हो । बोर्डमा भएका हक, अधिकारका बारेमा प्रदेश सांसदद्वय रामबहादुर राना र धिरेन्द्र शर्मा (रमण) र जिल्ला समन्वय समितप्रमुख गणेश बरालले पढेर उद्गाटन गरेका थिए । साथै एक बोर्ड चोक बजारमा धिरेन्द्र शर्मा रमण, राम राना , गणेश बराल लगायतले राखी कार्यक्रम अगाडि बढेको थियो र बँाकी बोर्ड आयोजकले विभिन्न ठाउमा लगेर राखेका थियाे । अनौपचारिक रुपमा सुरु गरिएको कार्यक्रम अनेरास्ववियु इलामका कर्यबाहक अध्यक्ष प्रबेश पराजुली ले कार्यक्रम को औचित्य प्रकाश पर्दै कार्यक्रम सन्चालन गरेका थिए भने अनेरास्ववियु केन्द्रीय सदस्य रबिन्द्र सुवेदी, शन्धिभक्त शंकर कार्यक्रममा जिल्ला समन्वय अधिकारी झरेन्द्र चापागाईं, १ नम्बर प्रदेशका पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सोमनाथ सुशेली, सञ्चारकर्मी दिवाकर भण्डारी, लगायतको उपस्थिति थियो ।
सन्दकपुरले मनायो संविधान दिवस
संविधान दिवसको अवसरमा इलामको धार्मिक तथा पर्यटकीयस्थल माइपोखरीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । सन्दकपुर गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा पोखरीको छेउछाउको झार उखेलिएको छ भने पोखरीको नौ वटै कुनामा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा गउँपालिकाका जनप्रतिनिधि, कर्मचारी देउराली व्यवस्थापन समितिका पदाधिकारी, नेपाल प्रहरीसमेतको उपस्थिति थियो ।
कार्यक्रममा मठ–मन्दिर र गुम्बामा समेत सरसफाई गरिएको छ ।