इलाम । वातावरण संरक्षण र टोल सफा राख्ने उद्देश्यले इलाम नगरपालिका–२ स्थित सुम्बेकमा आइतबार विभिन्न विद्यालय र स्वास्थ्य चौकीलाई डस्टविन वितरण गरिएको छ । सुम्बेक वडा कार्यालयले सुम्बेकमा रहेका ४ विद्यालय र एक स्वास्थ्य चौकीलाई एक–एक सेट डस्टविन वितरण गरेको हो । वडाले सुम्बेक माध्यमिक विद्यालय, सुम्बेक स्टार बोडिङ, सिद्धिविनायक आधारभूत विद्यालय र सिंहदेवी आधारभूत विद्यालय र सुम्बेक स्वास्थ्य चौकीलाई डस्टविन वितरण गरिएको वडाध्यक्ष नारदमणि लम्सालले जानकारी दिए । कुइने र नकुइने फोहोर उठाउनका लागि प्रत्येक संस्थालाई २–२ वटा डस्टविन वितरण गरिएको जनाइएको छ । यसै अवसरमा वडामा १० वर्षअघिदेखि वडा सचिवका रुपमा कार्यरत डिल्लीराम घिमिरेलाई समेत आइतबारै सम्मान पत्रसहित बिदाई गरिएको छ । अवकाश प्राप्त घिमिरेलाई वडाध्यक्ष लम्सालले खादा र अविर लगाएर विदाई गरेका थिए ।


719 पटक हेरिएको 






