‘हिंसा पीडित महिलाको आवाज समाज बाहिर आउन सकेन’

  सरलपाटी सम्वाददाता

 640 पटक हेरिएको

इलाम । चेतनाको अभावले हिंसा पीडित महिलाको आवाज समाज बाहिर आउन नसकेको इलाम नगरपालिका २ सु्म्बेकमा भएको महिला र दलितहरूको न्यायमा पहुँचका लागि साझा अभियान कार्यक्रमको वडा स्तरीय अनुभव आदान प्रदान कार्यक्रममा सहभागी बक्ताले बताएका छन् ।उनीहरूले वडा कार्यालयको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको कार्यक्रममा बोल्दै समुदायमा हिंसाका घटना भएपनि चेतनाको अभावले समाज बाहिर आउँन नसकेकोमा दुःख व्यक्त गरे ।
कार्यक्रमका सहभागिले गाउँका दुर दराजमा रहेका समुदायमा सरकारी सचेतनाको कार्यक्रम अझै पुग्न नसकेको बताउँदै, प्रत्येक नागरिकलाई सार्वजनिक सेवा सुविधाको बारेमा जानकार हुनु पर्नेमा जोड दिए । उनीहरूले विपन्न महिला र दलितमा अझै पनि हिंसाका घटना भइरहेको बताउँदै सचतना मुलक कार्यक्रम गरेर समाधान गर्न सरकारले काम गर्नुपर्ने बताए ।प्रत्येक नागरिकले अवसर सार्वजनिक सेवाको बारेमा आफैपनि खोजि गर्नुपर्ने वडा अध्यक्ष नारदप्रसाद लम्सालले बताए । उनले सबै समुदायको विकासका काम गर्नै बताउँदै, सबै समहभागितामा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
पछि परेका समुदायका कतिपय महिला र दलितले नजानेरै हिंसामा परिरहेको कार्यक्रममा सहभागी सरिता राईले बताइन् । उनले शिक्षा र सचेतनालाई समुदाय स्तरसम्म पु¥याउन सके हिंसाका घटनामा न्यूनीकरण गर्न सकिने सुझाब राखिन् ।क्षमताको अभावले महिलाले पाउँने गरेको सरकारी सेवा समेत उपयोग गर्न नसकेको मिना ढकालले बताइन् । उनले महिला र दलितलाई पनि सरकारी तवरबाट क्षमतावान बनाएर उनीहरूको नाममा आउने गरेको सेवा सुविधालाई उपभोग गर्न योग्य बनाउँन सरकारसँग आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार