
इलाम । इलामका फाकफोक थुम गाउँपालिकाको आमचोक एकतप्पामा विद्युत विस्तारको लागि पोल गाड्न शुरु गरिएको १० वर्षसम्म पनि विद्युत पुगेको थिएन । इलामको दशमीबाट विद्युत विस्तारको लागि गाउँमा पोल गाडीएको लामो समय वित्दापनि विद्युत नपुगेपछि स्थानीयले ऋण काडेर गाउँमा विजुली पुर्याएका छन् ।
विद्युत विस्तारको लागि नेपाल विद्युत प्राधिकरणले २०६५ सालदेखि पोल गाड्न थालेको थियो । प्राधिकरणले गाडेको एकसय ८० मध्ये ६३ पोल खाली लिए । ति पोलको लागि आवश्यक न तर थियो । न त अन्य सामग्री । विद्युत प्राधिकरणले कछुवाको गतिमा गरिरहेको विद्युतीकरणबाट गाउँमा विद्युत पुग्न अझै निकै वर्ष पर्खिनुपर्ने अवस्था थियो । प्राधिकरणको कनिका छराई बजेटबाट एकदमै कममात्रै काम भइरहेको थियो । प्राधिकरणको चालाबाट वाक्क भएका स्थानीय ऋण काडेर गाउँमा विजुली पुर्याएका छन् । ‘फुएतप्पाको ३० घरमा हिजो देखि विजुली बालियो–फुएतप्पा विद्युत विस्तार समितिका अध्यक्ष देवेन्द्र रेग्मीले खुसी हुँदै सुनाए–‘३० वटा घरमा जोडिएको मिटरबाट अरु सय घरमा विजुली बल्छ ।गाउँमा विद्युतीकरणको लागि समितिले स्थानीय सहकारीबाट ऋण काडेको छ । गाउँपालिकाले विनियोजित गरेको बजेटबाट केही ऋण तिरेपनि विद्युत विस्तारको लागि लिएको ऋण चुक्ता भएको छैन । विद्युतीकरणको लागि समितिका अध्यक्ष देवेन्द्र रेग्मी र सचिव दिपेन्द्र खनालको नाममा १० लाख रुपैयाँ ऋण लिएका छन् । त्यसमध्ये सात लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको बजेटबाट तिरेको समितिका सचिव दिपेन्द्र खनालले बताए । ‘सहकारीमानै अझ तीन लाख जति बाँकी छ–उनले भने–‘मजदुरको दिइएको छैन, सामान ल्याएको ठाउँमा पनि तिरिसकेका छैनौ । खनालका अनुसार सवै गरेर सात लाख रुपैयाँ जति ऋण होला । फाकफोक थुम गाउँपालिकाको धेरैजसो ठाउँमा अहिलेपनि केन्द्रीय प्रशारण लाइन विस्तार भएको छैन ।
विद्युत विस्तार भएका गाउँमा स्थानीयले एउटै मिटरबाट पाँच घरसम्म विद्युत लगेका छन् । प्राधिकरणले मागभए बमोजिम मिटर नदिदा एउटैघरबाट तार टाँगेर विद्युत बाल्नुपर्ने बाध्यता छ । फुएतप्पामा सहित अन्य क्षेत्रमा विद्युतीकरणको लागि बढि क्षमताको ट्रान्सफर्मर राख्ने तयारी भइरहेको समितिले जानकारी दिएको छ ।


632 पटक हेरिएको 






