कस्ताे छ तपाइकाे याे साता

भदौ ३१ गते देखि असाेज ५ गते सम्म को राशिफल

  ज्योतिष गोपाल अधिकारी

 2727 पटक हेरिएको

मेष-भाग्यको साथ तथा मान्यजनहरुको सुजाबबाट कार्य सम्पन्न हुनेछ । साताको अन्त्यतिर धन आर्जनसमेत गर्न सकिएला । राम्रो अवसर प्राप्त हुन सक्छ । पूण्य कार्यतर्फ आकर्षित भइनेछ ।

वृष-यात्रामा मन जानेछ, मिष्ठान्न भोजन प्राप्त हुने छ।
साताको मध्य तीर हानी नोक्सानी हुन सक्छ धैर्य पुर्वक कार्य अगाडि बढाउनु होला। साताको अन्त्यतिर कार्यहरुमा सकरात्मक शुधार देख्न पाइने छ ।

मिथुन-स्वस्स्थ सामान्य रहल, भोजनमा बिशेष ध्यान दिनु होला । काममा देखा पर्ने स–साना त्रुटिले मर्यादामा आँच पुर्‍याउन सक्छ । साताको मद्यतिर यात्राको योग छ । साताको अन्त्यतिर अप्रिय समाचार सुन्न पर्ने हुन सक्छ ।

कर्कट-बोलिमा बिचार पुर्याउनु होला । असहज परिस्थितिलाई नियन्त्रण गर्न सके लाभसमेत हुन सक्छ । नयाँ काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । साताको अन्त्यमा पश्चिमतर्फको यात्रा लाभदायक होला ।

सिंह-प्रियजन सँग भेट हुन्छ । काम गर्दा सर्तकता अपनाउनुहोला । केही तनाब हुन सक्छ । साताको मध्यतिर आर्थिक हानी हुन सक्छ ।
साताको अन्त्यतिर कार्यमा सुधार हुनेछ ।

कन्या-अध्ययनमा बाधा तथा अरूले आलोचना गर्न सक्छन । कार्य सम्पन्न गर्न कडा मिहनत गर्नु पर्ने छ । चोटपटकको सम्भावना रहेको छ । यात्रा फाइदाजनक हुनेछ । साताको अन्त्यतिर बिशेष ध्यान पुर्बक कार्य गर्नु होला ।

तुला-बोलिको प्रभावद्वारा परिचय स्थापित गर्न सकिनेछ । व्यावसाय सुरुवात गर्न मिल्नेछ । आफन्त बाट सचेत रहनु होला । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

वृश्चिक-कार्यगत एकता केही असन्तुष्ट भइनेछ । आकर्षक रोजगारी प्राप्त गर्न सक्नु हुनेछ । मनोरञ्जन क्रियाकलापमा सहभागी हँुदा विशेष ध्यान पुर्‍याउनुहोला । प्रेममा असन्तुष्ट हुने छ।

धनु-धन जोगाउने चेष्ठा गर्नुहोला । काम सम्पन्न गर्न निकै मिहिनेत गर्नु पर्छ । पैतृक सम्पत्तिको उपयोगबाट अतिरिक्त फाइदा उठाउन सकिनेछ । नोया प्रेम प्रस्ताब आउन सक्छ । बोलिको प्रभाब तथा मिष्ठान्न भोजन प्राप्त हुन्छ ।

मकर-परिवारबाट प्रशंसा पाइनेछ । भावी कार्ययोजनामा प्रेमी–प्रेमिकाबाट सहयोग प्राप्त हुनेछ । दान–पुण्य आदिले व्यवसाय स्वत: उचाइमा पुग्नेछ भने रोकिएका कामसमेत सम्पन्न हुनसक्छन् । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान पुर्‍याउनुपर्नेछ ।

कुम्भ-रोजगारीका अवसर हरु जुटने छन । बिपरीत लिंगको साथ पाइने छ। । धार्मिक यात्रा हुन सक्छ । साताको अन्त्यतिर स्वास्थमा असर पार्न सक्छ ख़र्च बढ्ने छ ।

मीन-नबीन बस्त्र लाभको समय छ। रोकिएका काममा स्वत सफलता मिलनाले मन प्रफुल्ल रहने छ । पारिवारिक जमघट को योग छ । आर्थिक क्षत्र सबल रहने छ । साताको अन्त्यमा सार्वजनिक कार्यक्रमबाट सम्मानित हुने योग छ।

 

Email-extradipesh@gmail.com

Mobile-9818770779

(हामी भाइबर, इमाे, म्यासेन्जर र फाेन कल मार्फत पनि सेवा दिन्छाै)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार